मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दार्चुलाका तीन गाउँपालिकामा मन्त्रालयको यस्तो ताकेता

शनिबार, ०७ साउन २०७४, ०९ : ०७
शनिबार, ०७ साउन २०७४

-लोकेन्द्र प्रशाद जोशी

दार्चुला - दार्चुलाका तीन गाउँपालिकामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न ऊर्जा मन्त्रालयले ताकेता गरेको छ । 

नेपाल विद्युत प्राधिकरणलाई दार्चुलाको मार्मा, नौगाढ र अपिहिमाल गाउँपालिकामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न पत्र लेख्दै मन्त्रालयले ताकेता गरेको हो ।

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले मन्त्रालयलमा ग्रामीण विद्युतीकण कार्यक्रम अन्तर्गत उक्त तीन गाउँपालिकामा कार्यक्रम लागू गर्न अनुरोध गरेका थिए । 

सांसद ठगुन्नाकै निवेदनलाई उल्लेख गर्दै विद्युतीकरण कार्यक्रम लागू गर्न मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको हो । 

मन्त्रालयले ताकेता गरेपछि प्राधिकरणले उक्त क्षेत्रमा विद्युतीकरण कार्यक्रम लागू गर्ने सांसद ठगुन्नाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप