शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीद्धारा मन्त्रिपरिषद् विस्तार, रावलले लिए सपथ

मङ्गलबार, २३ असोज २०७५, २१ : २७
मङ्गलबार, २३ असोज २०७५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको छ । 

विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । रावल तत्कालीन नेकपा एमालेका नेता हुन् । 

नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले आजै मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

नौ महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद् आज विस्तार भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्रीसहित मन्त्रीको सङ्ख्या आठ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप