शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा बिहानै भएको दुर्घटनामा कीर्तिपुरकी युवतीको मृत्यु

शनिबार, ०७ साउन २०७४, १० : ०९
शनिबार, ०७ साउन २०७४


भक्तपुर । शनिबार बिहानै भक्तपुरमा सवारी दुर्घटना हुदाँ एक जना युवतीको मृत्यु भएको छ ।

काठमाडौबाट भक्तपुर तर्फ आईरहेको बा २ क १२१३ नं. को मिनि टिपरले सोही दिशातर्फ आईरहेको बा ७७ प ४२२० नं मोटर साइकल गाडीको पछाडी ठोकिन गई घाईते भएकी कीर्तिपुर बस्ने १८ वर्षीया अश्मी  सुनार उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कौशल्टार अरनिको पम्प अगाडी उक्त मोटरसाइकलका दुर्घटना हुदाँ चालक हरी गहतराज, २२, को नागरिक अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव निरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।

दुबै सवारी साधन र  टिपर चालक जिल्ला भक्तपुर नग।पालिका ९ बस्ने ३२ वर्षीय  जीवन ज्याठा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप