बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई चिनियाँ मिडियाको अर्को चेतावनी– पिएलए चीनका जनता तल झरेको देख्न चाहदैन

शनिबार, ०७ साउन २०७४, १० : १४
शनिबार, ०७ साउन २०७४

बेइजिङ\दिल्ली– चीनको सरकारी मिडियाले भनेको छ कि, ‘चीन आफ्नो जमिनको एक इन्च पनि छाड्न सक्दैन ।’ यो भनाईसँगै चीनले सिक्किम सेक्टरको डोकलाम क्षेत्रबाट पीपुल्स लिवरेशन आर्मीको टुकडीको फिर्ता नबलाउने संकेत दिएको छ । पछिल्लो ३७ दिनदेखि डोकलाममा भारत र चीनका सैनिक टुकडी आमने–सामने छन् । चीनले यहाँ सडक बनाउन खोजेको छ । भारत र भुटान यसको विरोधमा छन् । 

समाचार एजेन्सीका अनुसार चीनमा कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ग्लोवल टाइम्सको शुक्रवारको सम्पादकीयमा यो विषय उठाइएको छ । यो दैनिक पत्रिका खास गरेर सत्तारुढ दलको विचारबाट चल्छ । पछिल्लो पटक चीन–भारत तनावलाई ग्लोवल टाइम्सले विशेष महत्वका साथ कभरेज गरेको छ । 

अखवारले लेखेको छ, ‘चीन आफ्नो जमिनको एकइन्च पनि गुमाउन तयार छैन् । चीनका जनता यहीँ चाहन्छन् । यो उनीहरुको अटुट इच्छा हो र अनुरोध पनि । चीन सरकार जनताको मूलभूत इच्छाको नजरअंदाज गर्दैन । र, पिएलए चीनका जनताको तल झरेको देख्न चाहदैन ।’

चिनियाँ अखवारले भारतीय मन्त्री सुषमा स्वराजमाथि पनि आरोप लगाएको छ कि उनले सिक्किम सेक्टरमा भारतका कथित घुसपैठको जायज देखाउनका लागि संसदमा झुठ बोलिन । 
अखवारले सुष्माले राज्यसभामा बोलेको विषयलाई उठान गर्दे लेखेको छ, ‘उनी संसदमा झुठ बोलिरहेकी थिइन् । 
सुष्माले संसदमा भनेकी थिइन् कि भारतीय सेनाले चीनी क्षेत्रमा घुसपैठ गरेका छैनन् र सवै देश भारतको पक्षको सर्मन गर्छन । 
तर, अहिलेसम्म चिनियाँ विदेश मन्त्रालयबाट सुष्माको भनाईका वारेका कुनै प्रतिक्रिया आएको छैन । 

ग्लोवल टाइम्सले भनेको छ, ‘यो एक सिधा कुरा हो कि भारत चीन क्षेत्रमा घुसपैठ गरेको छ ।’ पत्रिकाले यो पनि दावी गरेको छ कि, भारतका सैन्य शक्ति चीन भन्दा धेरै कम छ । 
सम्पादकीयका अनुसार ‘यदि चीन र भारतकाबीच संघर्ष यो तहसम्म बढ्यो र विवादको हल सैन्य तरिकाले खोज्नु पर्यो भने भारत निश्चित रुपमा हार खानेछ ।’
सुष्माले राज्यसभामा यो पनि भनेकी थिइन कि, पहिला दुवै देश सिक्किम सेक्टरमा गतिरोध हटाउनका लागि आफ्नो सेनाको त्यहाँबाट फिर्ता बोलाउन् । त्यसपछि भारत चीनसँग वार्ताका लागि तयार छ । उनले सीमा विवाद शान्तिपूर्ण तरिकाले हल गर्न पनि जोड दिइन् । 

चीनी अखवारले भनेको छ कि चीन बार्ताको पूर्वशर्तका रुपमा आफ्नो सेनाको फिर्ता बोलाउने विषयमा कहिल्यै पनि सहमत हुने छैन । यदी भारत आफ्नो जिद्दीमा कायम रह्यो भने भविष्यमा उसले गंभीर रुपमा बढन सक्ने तनावका सवै सम्भावनामा तयार रहनुपर्छ । 
यो विवाद १६ जुनमा त्यसबेला शुरु भयो, जव भारतीय सैन्य टुकडीले डोकलाममा चीनी सैनिकको सडक बनाउने कामलाई रोके । यद्यपी चीनको भनाई छ कि, उ आफ्नो इलाकामा सडक बनाईरहेको थियो । भारतले १६ जुलाईमा भन्यो कि, भारत यहाँबाट पछि हटन सक्दैन, डोकलाममा चीनको सडक बनाउन दिइने छैन । 
भारतले तुरुन्त आफ्नो सैनिक फिर्ता पठाओस् भन्ने चिनियाँ चेतावनीलाई भारतले अस्वीकार गरिदियो । चीनले भारतले सैनिक फिर्ता नगरे तनाव बढन सक्ने चेतावनी दिएको थियो । 

भारतीय रक्षा मन्त्रालयले चीनले सडक निर्माण नरोकेसम्म आफ्नो सेना फिर्ता नहुँने बतायो । उता चीनका मिडियाको भनाई छ कि, भारतसँगको वार्ताको पूर्वशतए भारतीृ सैनिक डोकलामबाट पछि हट्नु हुनेछ । यो मामलामा बार्गेनिङको कुनै अर्थ छैन् ।
अहिले सीमामा दुवै देशका ६० देखि ७० सैनिक टुकडी एक सय मिटर आमने–सामने छन् । दुवै देशका सेनापनि १०–१५ किलोमिटरको दुरीमा बसेका छन् । 
भारतले भनेको छ कि डोकलाममा चीनले बनाउन थालेको सडक भारतीय सुरक्षाका लागि चिन्ताको विषय हो । सडक बन्यो भने चीनलाई भारतमाथि दवव बनाउने ठूलो सडक संजाल तयार हुनेछ । 

यो क्षेत्रलाई भारतले डोका ला नामले चिन्छ, जबकि भूटानमा यसलाई डोकलाम भनिन्छ । 
चीनको दावी छ कि यो उसको डोंगलांग क्षेत्रको हिस्सा हो । 
भारत–चीनबीच जम्मू–कश्मीरदेखि अरुणचल प्रदेशसम्म ३४८८ किलोमिटर लामो सीमा छ । यसमा २२० किलोमिट सिक्किमा आउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप