बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार प्रधानलाई चौथो पटक किमो

शनिबार, ०७ साउन २०७४, १० : ३१
शनिबार, ०७ साउन २०७४

काठमाडौँ - भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक केमोथेरापी९रसायन चिकित्सा० दिइएको छ । 
सर जेजे स्कुल अफ आर्ट, बम्बइ भारतबाट स्नातक बाउन्न वर्षीय प्रधान करिब दुई महिनादेखि नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुरमा उपचाररत हुनुहुन्छ । उहाँ चित्रकारितामा घनवाद र दृष्टान्त कलाकारितामा सक्रिय हुनुहुन्छ । उहाँले मुहार चित्रमा पनि विशेष तालिम लिनुभएको छ । “ किमोपछि सुधार भएको महसुुस गरेको छु ” प्रधानले रासससँग भन्नुभयो । उहाँले पाइपबाट नै खाना खाइरहनुभएको छ । 
काठमाडौँ र स्विट्जरल्यान्डमा धेरै पटक एकल चित्र प्रदर्शनी गर्नुभएका प्रधान नेपाल, भारत, बंगलादेश र फ्रान्समा पनि सामूहिक चित्रकलामा सहभागी भइसक्नुभएको छ । 
नेपाल वाटरकलर सोसाइटीका सदस्य प्रधानलाई उपचारमा सहयोगका लागि आधुनिक कलाकार समाज ९सोमा०, वाटरकलर सोसाइटी, ललितकला हातेमालो अभियान, नेपाल इन्टरनेसन वाटरकलर सोसाइटीलगायतबाट रकम प्रदान भएको सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप