शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौ फर्कियो ‘मदहोस’

बुधबार, २४ असोज २०७५, १८ : ५२
बुधबार, २४ असोज २०७५

काठमाडौं – मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’ युनिट काठमाडौं फर्किएको छ । चितवनको विभिन्न रमणीय स्थानमा चलचित्रको आधाभन्दा बढी छायाँकन सकाएर यो युनिट राजधानी फर्किएको हो ।

चलचित्रको बाँकी रहेको दृश्य र एक गीत काठमाडौं छायाँकन गर्ने योजनासहित यो युनिट काठमाडौं फर्किएको निर्देशक एसके अधिकारीले बताए ।

एसके अधिकारीको शब्द, बाबुल गिरी र सन्तोष प्रगाढको संगीत रहेको चलचित्रको गीतमा नित्याशिवाले स्वर दिएकी छन् । नित्यालाई गीतमा सांगीतकारद्वय बाबुल गिरी र सन्तोष प्रगाढले साथ दिएका छन् ।

मंसिर २८ गते रिलिजमा आउने चलचित्रमा सन्तोस श्रेष्ठ, प्रियंका अधिकारी, कसिस दाहाल, दीपेन्द्र कोइराला, सृष्टि भट्टराई लगायतको अभिनय रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप