शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘चङ्गाचेट’को ‘गोजीमा दाम छैन’ लाई करोड बढी दर्शक

बुधबार, २४ असोज २०७५, १९ : ४७
बुधबार, २४ असोज २०७५

काठमाडौं– चलचित्र ‘चङ्गाचेट’ को गीत ‘गोजीमा दाम छैन’ले १ करोड बढी दर्शक पाएको छ । दिन प्रतिदिन लोकप्रिय बनिरहेको चलचित्रको यो गीतले समाचार तयार गर्दासम्म १ करोड ५ लाख बढी पटक हेरिएको छ । 
रिलिज भएकै भोली पल्टदेखि ट्रेन्डिङ रहन सफल यो ओएसआरले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत बाहिर ल्याएको हो ।  गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षत्री र पारमिता राज्यलक्ष्मी राणा माथि फिचरिङ गरिएको छ । यी ६ जना कलाकार गीतमा ३ जोडीका रुपमा प्रस्तुत भएका छन् । 

राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको स्वर रहेको गीतमा राजनराजकै संगीत र हरिहर तिमिल्सिनाको शब्द रहेको छ । चलचित्र दीपेन्द्र के   खनालले निर्देशन गरेका हुन् । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।

गीतको धेरै म्युजिकल्ली भिडियो बनेर युट्युवमा अपलोड समेत भएका छन् । ‘रिलिज भएको छोटो समयमा कुनै पनि गीतको म्युजिकल्ली भिडियो यति धेरै निर्माण भएको यो नै पहिलो हो’ निर्देशक खनालले भने । चलचित्रको केही दिन पहिले सार्वजनिक ट्रेलर पनि अहिले दर्शकको रुचिमा पर्न सफल भएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको बिषयमा दर्शकले सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

‘निकै मिहिनेत गरेर बनाएको चलचित्रको गीत तथा ट्रेलरबाट पाएको सुःखद प्रतिक्रियाले उत्साहित तुल्याएको छ’ निर्माता माधव वाग्लेले भने– ‘चलचित्रमा पनि दर्शकको साथ रहन्छ भन्ने विश्वास छ ।’ चलचित्रले पूरै अवधि दर्शकलाई मनोरञ्जन दिने निर्माता वाग्लेको भनाई रहेको छ । 

गीतमा निरज कँडेल र नवराज उप्रेतीको छायाँकन रहेको छ । ‘चङ्गाचेट’ माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् । १६ कात्तिकबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप