शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाडपर्वले एकतामा बाँध्छ : मुख्यमन्त्री राई

बुधबार, २४ असोज २०७५, २० : ००
बुधबार, २४ असोज २०७५

विराटननगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । 

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा उनले नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँध्ने गरेको बताउँदै देशको विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिए । 

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एकताको सूत्रमा बाँध्ने हाम्रा चाडपर्वले देशमा सुख, शान्ति कायम गर्न सफल रहून् भनी शुभकामना दिए । 

कार्यक्रममा प्रदेश १ का उपसभामुख, प्रदेशमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप