शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निवासमा घटस्थापना

बिहीबार, २५ असोज २०७५, ०७ : ४७
बिहीबार, २५ असोज २०७५

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गरेकी छन् । 

पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिए । 

यसैगरी बुधबार राष्ट्रपति भण्डारीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो । 

यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्नुहुने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्नेछिन् । 

विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उनले राष्ट्रपति कार्यालयमा पाल्नुहुने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप