शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनसँग जोड्न मिल्दैन : खनाल

बिहीबार, २५ असोज २०७५, ०९ : ५२
बिहीबार, २५ असोज २०७५

काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलताको रुपमा हेर्न नमिल्ने बताएका छन् ।

६३ औँ प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले यसरी एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार प्रहरीको मानमर्दन हुने बताएका हुन् । 

उनको संकेत निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणतर्फ थियो । निर्मलाको बलात्कारी तथा हत्यारा पत्ता लगाउन नसक्दा यतिबेला सम्पूर्ण प्रहरी संगठन तथा सरकारसमेत दबाबमा रहेको छ । 

केही समयअघि सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले गृहमन्त्री रामबहादुर थापा समक्ष आइजीपी खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।

‘संगठनको बर्दी लगाएकाप्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ हुन्,’ खनालले भने, ‘अनुसन्धानको समयसीमा तोक्न सकिँदैन । अनुसन्धानको लागि धैर्यता पनि प्रदर्शन गर्नुपर्छ ।’

उनले अघिल्लो वर्ष ९० प्रतिशत अपराधीहरु कानूनी दायरामा आएको तथ्य पनि प्रस्तुत गरे । 

उच्च हिमाली गाउँमा भाँडाका घरमा अक्सिजनसमेत अपुग भएको ठाउँमा प्रहरी दत्तचित भएर राष्ट्र सेवामा खटिरहेको भन्दै प्रहरीमाथि आशंका नगर्न खनालले आग्रह गरे । ‘विकासको महत्वपूर्ण साधन प्रहरी संगठन हृदयदेखि तयार छ,’ उनको भनाई थियो ।

खनालले प्रहरी यतिबेला अपराध गरेर सहज उम्कने तथ्यसँग हामी लडिरहेको जिकिर गर्दै भोलिका दिनमा आउने सुरक्षा चुनौतिसँग जुध्न सक्षम प्रहरी निर्माण गरिनुपर्नेमा जोड दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप