बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको राजश्व १ करोड ५३ लाख ७३ हजार

शनिबार, ०७ साउन २०७४, ११ : २६
शनिबार, ०७ साउन २०७४

दुनै(डोल्पा) – से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले आव ०७३÷७४ मा विभिन्न शीर्षकमा १ करोड ५३ लाख ७३ हजार राजश्व संकलन गरेको रेन्जर चेत बहादुर वलीले जानकारी दिएका छन् । 
निकुञ्जले यार्सागुम्बा प्रवेश शुल्क वितरणबाट १ करोड २ लाख ५२ हजार,छोडपुर्जी वितरणबाट १४ लाख ८० हजार,संकलन ईजाजतबाट ८ लाख १ हजार,अन्य जडीबुटी संकलन तथा छोडपुर्जीबाट २३ लाख २१ हजार,ढुङ्गा र काठ पुर्जी वितरणबाट २ लाख ६० हजार र प्रशासनिक शुल्क वितरणबाट २ लाख ४९ हजार राजश्व संकलन भएको रेन्जर वलीले बताए । 
गत आव ०७२÷७३ मा विभिन्न शिर्षक गरेर १ करोड २९ लाख ३६ हजार राजश्व संकलन गरिएको निकुञ्जले जनाएको छ ।
गत आवको तुलनामा यस आवमा झन्डै २३ लाखको हाराहारीमा धेरै राजश्व संकलन भएको निकुञ्जको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप