बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए वेलायतका लागि  युवाहरुले  गरे उम्मेदवारी घोषणा

शनिबार, ०७ साउन २०७४, ११ : ३२
शनिबार, ०७ साउन २०७४

रोशन मेवाहाङ्ग


लण्डन -गैर आवासीय नेपाली संघ(एनआरएनए) बेलायतको आगामी ९ सेप्टेम्बरमा हुन गईरहेको ७ औ महाधिवेशनकालागि लण्डनस्थित टुकेनहाम कम्युनीटि सभाहलमा पत्रकार संम्मेलन गर्दै युवाहरुले विभिन्न पदकालागि उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा यूवाहरूले उमेरदवार दिनुको कारण स्पष्ट पार्दै भने-‘एनआरएन वेलायतप्रती बेलायतमा रहेका नेपालीहरू धेरै असन्तुष्टी रहेका, सधै स्वार्थ प्राप्तीकालागी मात्र मनोपोली रूपमा काम गर्ने र गैर आवसीय नेपाली सँगको मुल मर्म र भावना बिपरित कामहरू हुने गरेका भन्दै ब्यापक रूपमा जनगुनासोहरू भइरहेका एनआरएन वेलायतप्रती विश्वास घटीरहेका,पुरानै परम्परागत सैलीको कामहरू निरन्तता दिने सम्भावना रहेको जनगुनासोहरूलाई मध्यनजर गर्दै जनगुनासोको कदर गर्दै यस संस्थालाई सुधार गर्ने भावनाकासाथ यूवाहरूले उम्मेदवारी घोषना गरेका छाैं । 

उपाध्यक्ष पदकालागी प्रेम गाहा मगरले उम्मेदवारी घोषना गरेका छन् भने यूवा संम्योजकमा कुमार थापा र शन्तोस गरूङ,  सहकोषाध्यक्षमा गजेन्द्र पुन,सहसचिवकालागी शुवास गुरूङ र पुजन थापाले उम्मेदवारी घोषना गरेका छन् ।


सदस्यकालागी क्रमस,शरला थापा, ऐलीना गुरूङ, केशव गुरूङ,जोगेन लिम्बु,पुर्ण चन्द्र गुरूङ,देवेन थापा,राजेन्द्र गुरूङ, रविन गुरूङ,एण्डी राई, जगत गुरूङ,गजेन्द्र गुरूङ र हेम गुरूङले उम्मेदवारी घोषना गरेका छन् ।



उक्त उम्मेदवारी घोषना कार्यक्रममा नेप्लीज यूथ यूकेका प्रमुख रिचर्ड गुरूङले भने- ‘युवाहरूलाई अवमुल्याङकन गर्न नहुने, युवाहरू भनेका राष्ट्रका ठुलो एक आयोश्रोत र शक्ति हुन् । बिदेशमा रहेका युवाहरूका कला कौसल र सिप समाज र देश बिकाशकालागि अति आवाश्यक रहेको कारण हरेक क्षेत्रमा सहि तरिकाले युवाहरूको भुमिकामा बिकाश गर्नु अहिलेको आवाश्यकता हो ।’ 

एनआरएन वेलायतकालागि युवा उम्मेदवारीहरू सक्षम रहेको र समाजको मुल मर्म र भावना अनुसार काम गर्ने बताउदै सम्पुर्ण वेलायतमा रहेका नेपालीहरूलाई एनआरएनको सदस्यता लिई युवाहरूलाई मत दिई विजय गराउन अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप