केन्द्रीय संस्करण

राजदेवी मन्दिरमा महिलालाई किन दर्शन निषेध ?

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवीको मन्दिर छ । 

प्राचीनकालदेखी नै यस मन्दिरमा आश्विन शुक्ल पक्षको अष्टमी तिथिका दिन प्रत्येक वर्ष साँझदेखि राति १२ बजेसम्म एक दिन मात्र जनकपुरधामको पञ्चकोसी परिक्रमा (अन्तरगृही) भित्र राजदेवीको मन्दिरमा खसी र बोकाको मात्र बलि दिने प्रचलन अद्यापि रहेको छ ।

 त्यस अवसरमा हजारौँ खसी र बोकाको बलिपछि त्यस मन्दिरको ढोका बलिका लागि बन्द हुन्छ र पुनः सोही तिथिको राति प्रत्येक वर्ष एक दिन मात्र बलि दिने विशिष्ट प्रथा रहेको छ । अन्य दिनमा नियमित प्रकृतिको पँजापाठ मात्र हुन्छ ।

जनकपुरका शक्तिपीठमध्येका प्रमुख मानिने राजदेवी मन्दिरमा अरू बेला मन्दिरभित्र प्रवेश गर्न दिइए पनि बडादशैं (घटस्थापना देखी टीकाको अघिल्लो दिनसम्म) मा भने महिलालाई दर्शन तथा पुजा निषेध गरिने परम्परा छ । 

महिलालाई भित्र छिर्न नदिए पनि मन्दिरमा सबैभन्दा बढी भीड महिलाहरूकै हुने र उनीहरू घण्टौँ पङ्क्तिमा उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर भए पनि पुजा र भाकल गर्ने गरेका छन् । धार्मिक आस्थाले गर्दा महिलाहरू परम्परा तोड्न डराउने गरेका छन् ।

मतिना शाक्य १२ वर्षको उमेरमा कुमारीबाट अवकाश पाएकी र तृष्णा शाक्य साढे तीन वर्षको उमेरमा नयाँ कुमारीमा नियुक्त भएकी छिन् । 

जीवित देवी रजस्वला नहुञ्जेलसम्म मात्र योग्य हुने कुमारी प्रथा रहेको छ ।

भारतको मवाली माता मन्दिर (धमतरी, छत्तिसगढ) जहाँ महिलाका लागि ‘नो इन्ट्री’ बोर्ड झुण्डिएको छ ।

बिमला खण्ड शक्तिपीठ (जगत्राथ मन्दिर, पुरी, ओडिसा) जहाँ बडादशैंमा १६ दिनसम्म महिलाको प्रवेश बर्जित छ ।

केरलको श्री पद्मनाभस्वामी मन्दिरको कक्षमा महिलालाई प्रवेश अनुमती छैन ।

राजस्थानको रणकपुर जैन मन्दिरमा रजस्वला महिलाका लागि प्रष्ट सन्देश लेखिएको छ– मासिक धर्मको दौरान प्रवेश बर्जित छ । 

आसामको कामाख्या देवी त स्वयम् रजस्वला हुन्छिन् तर पनि रजस्वला महिला त्यहाँजान पाउँदिनन् ।

अवधँत देवी मन्दिर (कोवलम, केरल) मा झुण्डिएको बोर्डमा ‘मासिक धर्मको समय प्रवेश गर्नु मन्दिरको संस्कृति विरुद्ध छ’ भनी लेखिएको छ ।

सबरीमाला श्री अयप्पा मन्दिर (पथनामथिट्टा, केरल) जहाँ १० देखि ५० वर्षकी महिलाको प्रवेश बर्जित छ ।

त्रावणकोर देवाश्वम बोर्डले त सबरीमाला मन्दिरमा महिलाको शुद्धता जाँच गर्नका लागि मेसिन लगाउने र कतै महिला रजस्वला भएकी छिन् कि छैनन् भनी सुनिश्चित गरी प्रवेश दिइने योजनाको खिलापमा सोसल मिडियामा ‘हयाप्पी टु ब्लिड’ क्याम्पेन सुरु भएछ । युवतीहरूले आफ्नो फोटो राखी लेखेछन्– ‘हामीलाई यो भत्र कुनै शरम लाग्दैन कि महिनामा चार दिन हाम्रो शरीरबाट रक्तश्राव हुने गर्दछ । के यो

शरम गर्ने कुरा हो ?”
हिन्दु मन्दिरहरूमा बोक्सीहरूले मन्त्र सिद्ध गर्न सक्ने र रजस्वला जस्ता २ कारणले महिलालाई प्रवेश बर्जित गरिँदै आएको पाइन्छ ।

मन्दिरमा दर्शन निषेधको यो परम्परा भारतका निम्न मन्दिरहरूमा रहेको समेत देखिन्छ (इण्डिया टुडे, १७ फरबरी, २०१६) ।

शनि शिंगणापुर मन्दिर (अहमदनगर, महाराष्ट्र), कार्तिकेय मन्दिर (पिहोवा, हरियाणा), घटई देवी मन्दिर (सतारा, महाराष्ट्र), सोलह शिवलिङ्ग मन्दिर (देवस्थान सतारा, महाराष्ट्र), कीर्तन घर (बरपेटा सत्र, आसाम)– जहाँ इन्दिरा गान्धीले पनि प्रवेश अनुमती पाएकी थिइनन् तथा मङ्गल चाण्डी मन्दिर (बोकारो, झारखण्ड) ।

परम्पराको समर्थनमा गरिने तर्क 
आजभोलि आधुनिक र बुद्धिजीवी देखिन कायम परम्परालाई नमात्रे र त्यसको अन्तर्वस्तु नबुझी आलोचना गरिहाल्ने फेसन भएको छ । के हामी साँच्चै आफ्नो परम्परालाई गहिरोसँग बुझ्ने प्रयास गरेका छौँ ? आज हामी जे गरिरहेका छौँ, के त्यो साँच्चिकै प्राचीन र सनातन नै हो ?

शास्त्रमा लैङ्गिक भेदभाव छैन । जहाँसम्म १६ श्राद्ध एवम् पितृपक्षको कुरा छ, पुरुषबाटै कार्य गरिने भएकाले पितृपक्ष भनिएको हुनसक्छ । फेरि पितृ शब्द आफैमा पितामाता दुवैलाई बुझाउने शब्द हो (माता च पिता च पितरौँ) । परलोक भएकालाई पीण्डदान गर्दा पूर्वज पुरुष महिला दुवैलाई गर्ने गरिन्छ । मातृदेवो भवः, पितृदेवो भवः भनेर शास्त्रहरूमा मातापितालाई देवता समान एउटै स्वरूपमा तुलना गरिएको छ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भनेर हामा शास्त्रले महिलालाई निक्कै महत्व दिएका छन् ।

‘कुपुत्रो जायेत तदपि कुमाता नभवती’ अर्थात छोरा जस्तोसुकै कपूत भए पनि आमा कहिल्यै कुमाता बन्दिनन् भनिएको छ ।

जहाँ जो अधिकारी हुन्छ, त्यहाँ त्यसैलाई नै शास्त्रले अधिकार दिएको छ, कतै भेदभाव गरेको छैन । कर्मअनुसार केही तलमाथि हुनुलाई भेदभाव मात्रु उचित होइन । शास्त्रलाई रुढीवादी भन्दै यसका आफू अनुकूलका विधि–विधान सही अरू सबै खराब मात्रे भत्रे हुन सक्दैन । जब शास्त्र नै रुढीवादी मात्रुहुन्छ भने यसका सीमित पक्ष कसरी ग्राह्य भए ? नारी पूजनीय छन्, धर्मशास्त्रले नारीलाई आद्यशक्ति मानेको छ । समाजका हरेक कर्मकाण्डमा दम्पतीसहित हुनुपर्ने प्रावधानले पनि नारी र पुरुषलाई समान स्थान दिएको स्पष्ट हुन्छ । सीमित कर्मको विधि विधानको आधारमा लैङ्गिक भेदभाव भयो भनेर व्याख्या गर्नु न्यायसङ्गत तर्क हुन सक्दैन ।

मानिसका जम्मा १० इन्द्रीयमध्ये आँखा, नाक, कान, छाला तथा जिब्रो गरी ५ ज्ञानेन्द्रिय र गुदा, लिङ्ग, हात, खुट्टा तथा वाणी गरी ५ कर्मेन्द्रिय हुन्छन् । नाइटो माथिका इन्द्रिय आँखा, नाक, कान, हात तथा जिब्रो पवित्र तथा नाइटोमुनिका इन्द्रिय गुदा, लिङ्ग तथा खुट्टा आदि तथा शरीरबाट उत्सर्जन हुने मल–मूत्र, विष्ठा, पसिना, खोट आदि अपवित्र मानिएको छ । त्यसैगरी, मनुष्यको १२ प्रकारको मल हुन्छः

१. बोसो २. वीर्य ३. महिनावारी ४. मज्जा (मासी) ५. मूत्र ६. विष्ठा (मल) ७. आँखाको कचेरा ८. सिँगान ९. कानेगुजी १०. आँसु ११. कफ तथा १२. पसिना ।

शरीरको उत्सर्जन प्रणालीले शरीरमा उत्पत्र विकारलाई उत्सर्जन गर्दछ । जसरी मल, मूत्र त्याग गरेपछि नुहाइ धुवाइ नगरी, हात खुट्टा नधोई मन्दिर प्रवेश गरिँदैन त्यसरी नै महिनावारी हुँदा महिलाको स्वच्छताको अपेक्षासम्म गरिएको हो ।

महिनावारीका बखत महिलालाई हुने शारीरिक कठिनाइका कारण आरामको जरुरत पर्ने हुँदा कतिपय समुदायमा पूजापाठका साथै घरको कामकाज नगराउने चलन चलेको हो । उक्त अवधिमा महिलाले पूजापाठका लागि घरदेखि मन्दिरसम्म हिँडडुल गर्दा अधिक रक्तश्राव हुन सक्ने भनी पुरुषले नै भात भान्सा र पूजापाठ गरिदिँदा महिलाको के विगार भयो त ? त्यस अवधिमा महिलालाई खान लाउन नदिनु भनेर कतै भनिएको छैन । कायम परम्परालाई अन्यथा अर्थमा लिई व्याख्या विश्लेषण नगरी धर्मलाई नै आरोपित गर्नु कहाँसम्म जायज हो ? जहाँसम्म छाउगोठ पठाउने चलन छ (पश्चिम नेपालमा), छोइछाई गर्ने, महिनावारीलाई पाप हो भत्रे चलन छ, त्यो त अन्धविश्वासको पराकाष्ठा हो ।

मनुस्मृतिमा,
मृत्तौयैः शुध्यते शोध्यं नदी वेगेन शुध्यती ।
रजसा स्त्री मनोदुष्टा संन्यासेन द्विजोत्तमाः ।।५/१११।।
अर्थात् फोहोर र अशुद्ध वस्तु माटो तथा पानीले शुद्ध हुन्छ । नदी बग्दै गर्दा शुद्ध हुन्छ, दूषित नारी रजोधर्मबाट शुद्ध हुन्छिन् र ब्राह्मण संन्यासबाट शुद्ध हुन्छन् ।

टिप्पणी : यदि कुनै महिलाले परपुरुषसित सम्भोग गरे पनि रजस्वला भइन् भने परपुरुषको वीर्य धारण नगरेको प्रष्ट हुन्छ । तसर्थ, रजस्वलाले महिलालाई दूषित होइन कि शुद्धतालाई देखाउँछ ।
रगत लागेको हात रगतले होइन पानीले शुद्ध हुन्छ ।

नाइटो माथीका र नाइटो मुनिका इन्द्रीय तथा १२ प्रकारको मल भनी शास्त्रले पवित्र अपवित्रको कुरा अवश्य गरेको छ । लेखपढ गर्दा सफा हातको प्रयोगलाई स्वीकृति दिइएको छ भने खुट्टाको प्रयोगलाई इन्कार गरिएको छ । सबै धर्ममा यस्तै प्रावधान छ । यसको विपरीत रहेको अहिलेसम्म सुत्रमा आएको छैन । तर झमक घिमिरेको परिस्थितिजन्य लेखन भने अपवाद हो ।

परम्पराको विरोधमा गरिने तर्कः
महिलाको साधारण मागः उनीहरूलाई पनि मन्दिरको गर्भगृहभित्र प्रवेश गर्ने र पूजा गर्ने अनुमति दिइनुपर्छ भत्रे मात्र हो ।

हाम्रो संविधानले महिलालाई पुरुष सरह समान अधिकार प्रदान गर्दागर्दै मन्दिरमा यो भेदभाव किन ? केवल धार्मिक परम्पराको आधारमा मन्दिरले महिलाको प्रवेशलाई बर्जित गर्न मिल्दैन । सार्वजनिक धर्मस्थलमा पुरुषको मात्र हक लाग्दैन ।

के धर्म पितृसत्तालाई नै दिगो राख्ने संस्था हो ? के धर्मले पुरुष महिलाभन्दा श्रेष्ठ हुन्छन् भत्रे विचारलाई मद्दत गरिरहेको छैन ? हामी नारी पूजाको तर्क गर्न सक्छौं तर पुरुष बराबर मानव भएको स्वीकार गर्न सक्दैनौँ । चाहे जुनै धर्म होऊन त्यो हमेसा महिला विरोधी रहेको छ । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिसक्दा पनि धार्मिक संस्थामा महिलाको कति सहभागिता छ ? तर के लोकतान्त्रिक अधिकार केवल कानुन र न्यायतन्त्रबाट हासिल गर्न सकिन्छ ? के यसका लागि सामाजिक–सांस्कृतिक परिवर्तनको आवश्यकता पर्दैन ? महेन्द्र संस्कृत वि.वि. र अन्तर्गतको मठीहानीमा संस्कृत कलेजका बडे बडे विद्वानहरूले महिलालाई मन्दिर दर्शन निषेधको उक्त परम्परा गलत छ भनेर किन बोल्न सक्दैनन् ?

संस्कार सुधार समाज नेपालका अध्यक्ष शङ्करप्रसाद पोखरेलको नेतृत्वले “दशकौं अघिका सोच र चिन्तन सधैँ सान्दर्भिक भइरहन्छ भत्रे छैन । संस्कार सिध्याउन नभई बचाउन चलाइएको छ । आवश्यकताले ल्याउने परिवर्तन सर्वस्वीकार्य हुन्छ । संस्कृति जबर्जस्ती लाद्न मिल्दैन तर समयसापेक्ष यथार्थ गर्ने कुरा बुझाएर अघि बढे नस्वीकार्ने कोही हुँदैन” भनेको छ । काजकिरियालाई समय सान्दर्भिक बनाउन सुधारको नारा दिइए पनि परम्पराको नाममा विभित्र बहानामा मन्दिरमा महिलाको प्रवेश निषेधको विषयमा त्यो संस्थाले बोल्न रुचाएको छैन ।

धर्म एउटा कुरा हो र धार्मिक संस्था अर्को । यी धार्मिक संस्थाले महिलालाई पुरुष समान पूजाको अधिकार नदिएर संविधानको मात्रै उल्लङ्घन गरिरहेका छैनन् । साथै महिला हीनतालाई बढावा दिँदै संस्थागत रूप पनि दिइरहेका छन् ।

उनीहरू यो स्थापित गर्न चाहन्छन् कि महिला पुरुषको तुलनामा हीन छन् । यसको व्यापक सामाजिक निहितार्थ रहेको छ । ठाउँ ठाउँमा हुने गरेको सत्सङ्ग, प्रवचनमा महिलाको उपस्थिति ९० प्रतिशत हुन्छ । धार्मिक संस्थाले उनीहरूसँग पैसा असुल्छन्, आफ्नो कुरा सुनाउँछन् तर पनि भित्र पस्न मनाही गर्छन् । यसरी अब चल्दैन । धर्म व्याख्याबाट चल्छ । के प्रमाण छ कि केही देवता महिलालाई मन पराउँदैनन् ? भगवानमा विश्वास हुनु वा नहुनु, मन्दिर जानु वा नजानु कसैको निजी विचारलाई सम्मान गरिनुपर्छ । तर धर्मको नाममा मन्दिर प्रवेशमा महिलालाई प्रतिबन्ध नै लगाउनु अनुचित हो ।

हाम्रो धार्मिक संस्कारको आफ्नै गरिमा र महत्व छ भन्दैमा हामीले विगतमा खेप्दै आएका कतिपय कूसंस्कारको भारमा समय सापेक्ष सुधार परिमार्जन हुन सक्दैन ? के महिलाले छुँदैमा मन्दिरमा स्थापित देवी–देवता अशुद्ध हुन्छन् ? हामीले पुज्ने देवीहरू कहिल्यै महिनावारी भएनन् होला ? उनीहरूलाई पाप लाग्यो कि लागेन ? देवीहरूले पाप पखाल्न के के गरे ? के उनीहरूले पनि ऋषिपञ्चमीमा पाप पखाल्ने गरेका थिए ?

महिलालाई रजस्वला हुनु नै सृजनको सबैभन्दा ठूलो कारण हो । अझ प्रजनन अधिकारको एउटा महत्वपूर्ण पाटो हो । जुन कुराका कारण धर्तीमा नयाँ मानवको निर्माण सम्भव हुन्छ, त्यही चीज अशुद्ध र अपवित्र कसरी हुन पुग्छ ?

पिरियड्स (नियमित प्राकृतिक चक्र) कै कारण महिलाको शरीर पुरुषसित भित्र छ भनी मन्दिरमा महिला प्रवेशलाई बर्जित गर्ने हो भने महिलाको प्रवेशबाट अशुद्ध भएको भनिएका देवतालाई शुद्ध गर्नका लागि दूधले नुहाइ दिने गरिन्छ । जुन दूधबाट देवतालाई नुहाइएको थियो त्यो त गाईबाट आएको थियो । गाई स्त्री हो भने महिलाको दर्शनले उनीहरूलाई कस्तो कठिनाइ भयो ?

महाभारतमा पाण्डवले आफ्नी पत्नी द्रौपदीलाई जुवाको दाउमा लगाएका र हारेका थिए । त्यसपछि जब दुःशासन उनीलाई तान्दै कौरवको सभामा ल्याएका थिए, त्यसबखत द्रौपदी रजस्वला थिइन् । त्यसैले उनले एउटा वस्त्र मात्रै लगाएकी र कपाल खुल्ला राखेकी थिइन् । त्यसबखत भगवान श्रीकृष्ण स्वयम् द्रौपदीको रक्षाका लागि आएका थिए । यदि रजस्वला भएपछि द्रौपदी अपवित्र भएकी भए स्वयम् भगवान त्यहाँ किन जान्थे ?

कामाख्या मन्दिरकी देवी पनि आषाढमा रजस्वला हुन्छिन् भत्रे मान्यता छ । त्यस बेला उनले प्रयोग गरेको कपडा चाहिँ अति शुभ मानेर भक्तजनले लैजान्छन् । कामाख्या नै महिनावारी हुँदा चाहिँ पण्डितजीको भनाइअनुसार मन्दिर अपवित्र भएन ?

धर्मको इतिहासले भन्छ, यो सामाजिक र निजी जीवनमा अझै पनि शक्तिशाली छ । तर आधुनिक जीवनको केही अनिवार्य आवश्यकता तथा परिस्थितिले हामीलाई परिवर्तन हुन बाध्य पारेको छ । उदाहरणका लागि ननुहाई खाना पकाउनु, वा खानाको शताब्दियौं पुरानो वर्जना अब पूरै हटिसकेको छ । चप्पल लगाएर खाने वर्जना पनि अप्रासङ्गिक भइसकेको छ । कपाल कटाएपछि अब सबैजना नुहाउँदैनन् । कुनै समय थियो, जब रजस्वला महिला न त खाना पकाउँथिन न त खाना पस्किन्थिन । तर आज त्यो हदसम्मको छैन ।

समाजमा अवश्य पनि यी वर्जना टुटेका छन् तर धर्ममा आज पनि कडाइ कायमै छ । मन्दिरमा महिलाको शुद्ध वा अशुद्ध हुने नियम अझै पनि कायमै छ । धर्मले महिलासित भेदभावपूर्ण दोयम दर्जाको व्यवहार गरेको छैन त ? के महिलालाई हुने यस्तो अपमानजनक व्यवहारमा सुधार सम्भव छैन ? धर्म पनि समयसँगै लगातार परिवर्तन हुँदै गएको छ । तर के महिलाको सवालमा पनि धर्म उत्तिकै उदारतासित परिवर्तन भएको छ त ?

कतिसम्म भने मन्दिरमा उनीहरू जाऊन्, चढावा चढाऊन्, बलि पनि चढोस् तर दर्शन तथा पूजा गर्न निषेध छ । उनीहरू महिलालाई सम्मान दिन तयार छैनन् ।

महिनावारी ‘मासिक धर्म’ कि ‘मासिक पाप’ ?
महिनावारी भएकी महिलाले धार्मिक अनास्था उत्पत्र गरेको, धर्ममा आघात पुर्याएको, देवगणलाई अपमान गरेको वा अधर्म गरेको भत्र मिल्दैन । महिलाको नियमित मासिक चक्र महिनावारीलाई ‘मासिक धर्म’ भनिएकोमा मासिक ‘पाप’ भनी गरिने अपव्याख्या सच्याउनु आवश्यक छ ।

भारतको उच्चतम न्यायालयको फैसलाः
भारतको सबरीमाला अयप्पा मन्दिर प्रशासनले १०–५० वर्ष उमेर समूहका महिलालाई मन्दिर प्रवेशमा लगाएको प्रतिबन्धलाई भारतको उच्चतम न्यायालयले हालै खारेज गर्दै महिलालाई मन्दिरभित्र प्रवेश अनुमति प्रदान गरेको छ । न्यायालयले आफ्नो फैसलामा भनेको छ :

–    मन्दिर प्रशासनले १०–५० वर्ष उमेर समूहका महिलालाई मन्दिर प्रवेशमा लगाएको प्रतिबन्ध असंवैधानिक छ ।

–    सर्वसाधारणका लागि मन्दिर सार्वजनिक रूपले खुला गरेपछि सबैले प्रवेश पाउनुपर्छ । यो वा त्यो बहानामा मन्दिर प्रवेशमा रोक लगाउन मिल्दैन ।

–    पूजा, प्रार्थना, अर्चना गर्ने अधिकार ‘राइट टु प्रे’ महिला र पुरुष दुवैलाई उत्तिकै छ ।

–    श्रद्धालु भक्तजनलाई असमान व्यवहार गर्न मिल्दैन ।

अतएव जनकपुरधामको राजदेवी मन्दिरलगायत नेपालको अन्य जुन कुनै मन्दिरमा महिलालाई दर्शन तथा पूजा निषेध गरिने परम्परालाई यथाशीघ्र खारेज गर्न सम्बन्धित निकायले कदम चाल्नु आवश्यक छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ