शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवियाको ‘दशैँ दक्षिणा अफर’, के छ दक्षिणा ?

बिहीबार, २५ असोज २०७५, १३ : ४०
बिहीबार, २५ असोज २०७५

काठडमाडौं । नेपालीहरुको महान् चाडहरु दशैँ र तिहार नजिकिँदै गर्दा आई.टी.पी नेपालले दशैँ दक्षिण नामक अफर ल्याएको छ ।  अफर यही असोज २४ देखि ३० कार्तिक सम्म लागू हुनेछ ।

जसअन्र्तगत नेपाली बजारमा वितरण भईरहेका चार मोडलका नुविया स्मार्ट फोनहरु एम२ लाईट, एन२, जेड१७ मिनी र जेड१७ मिनीएसको साथमा २ वटा नयाँ मोडलहरु जेड१७ लाईट र भी१८ थप गर्नुको साथै प्रत्येक नुविया स्मार्ट फोनको खरिदमा इयर हेडफोन प्राप्त गर्न सकिनेछ ।

यो अफर अन्र्तगत ४जीवी र्याम, ३२जीवी रोम, १३एमपी रेयर र १६एमपी सेल्फी क्यामेरा भएको एम२ लाईटको मूल्य १९,९९९ पर्नेमा १,२०४ क्यास ब्याक गरी १८,७९५ को मुल्य निर्धारण गरिएको छ ।

त्यस्तैगरी ४जीवी र्याम, ६४जीवी रोम, १३एमपी रेयर र १६एमपी सेल्फी क्यामेरा भएको एन२ को मूल्य २४,८९९ पर्नेमा१,७०४ क्यास ब्याक गरी २३,१९५ को मुल्य निर्धारण भएको छ ।

त्यसैगरी नुवियाले ४जीवी र्याम, ६४जीवी रोम, १३ एमपी ड्यूल रेयर र १६एमपी सेल्फी क्यामेरा भएको जेड१७ मिनीको मूल्य २९,९९९ पर्नेमा १,००४ क्यास ब्याक गरी २८,९९५ मुल्य निर्धारण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले ६जीवी र्याम, ६४जीवी रोम, १३ड्यूल रेयर र १६एमपी प्लस ५एमपी सेल्फी क्यामेरा भएको जेड१७ मिनीएसको मूल्य ३७,४९९ पर्नेमा ४,५०४ क्यास ब्याक गरी ३२,९९५ मा विक्री गरिने भएको छ ।

त्यस्तै, कम्पनीले ६जीवी र्याम, ६४जीवी रोम, १३एमपी प्लस २एमपी ड्यूल क्यामेरा र १६एमपी सेल्फी क्यामेरा भएको जेड १७ लाईटको मूल्य भने ३१,९९५ निर्धारण भएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप