बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हलमा टिजर, बाहिर पोष्टर सार्वजनिक गर्दै प्रचारमा निश्कियो ‘रणवीर’

बिहीबार, २५ असोज २०७५, १४ : ००
बिहीबार, २५ असोज २०७५

काठमाडौं– १८ मागबाट प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’ युनिटले मोसन पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट  बीचको द्वन्दलाई देखाइएको छ । ‘ऐश्वर्य’मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशील सिटौला एन्ग्री लुक्समा पोष्टरमा अटाएका छन् । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित चलचित्रको अहिले हलमा टिजर समेत रिलिज गरिएको छ । 

सुशीलको अलवा प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्ट लगायतको अभिनय रहेको चलचित्रमा  मोडलिङबाट उदाएका कलाकार शुभेच्छा खड्का र सुपुश्पा भट्टले पनि डेब्यु  गर्दैछन् । 

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा बोकेको चलचित्र गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त लगानी रहेको चलचित्रमा महेश पौडेलको  छायाँकन, चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप