शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोर्डको एकै दिन १०० वटा गाडीहरु हस्तान्तरण

बिहीबार, २५ असोज २०७५, १५ : ४०
बिहीबार, २५ असोज २०७५

काठमाडौं । गो फोर्डले आफ्ना ग्राहकको माग उच्च तवरले पूरा गर्न घटस्थापनाको दिन १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडीहरु हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

बजारमा फोर्ड गाडीको उच्च माग रहेको र घटस्थापनाको शुभ दिनमा नेपालभरीका  आफ्ना डिस्ट्रिव्यूटर्सहरुको माध्यमबाट १०० वटा गाडीहरुको हस्तान्तरण गरेको फोर्डले जनाएको छ ।

जसमध्ये १० वटा विराटनगर, ४ वटा पोखरा, ३ वटा नारायणघाट, ६ वटा वुटवल, १५ वटा नेपालगंज, ३ वटा धनगढी, ८ वटा विर्तामोड, १ वटा दांग, २ वटा बनेपा, ३ वटा जनकपुर, ४ वटा भैरहवा, १० वटा वीरगंज र ३१ वटा काठमाडौमा हस्तातरण गरिएको छ ।

ग्राहकहरुले फोर्ड गाडीको खरिदमा फोर्ड फेस्टिभ अफर मार्फत उपहारहरु पनि पाएका छन् । यस अफरमा  ग्राहकवर्गले फोर्ड गाडीको खरिदमा विशेष नगद छुटको साथै ५०,००० देखि २,५०,००० बराबरको पक्का उपहार पाउने छन् ।

साथै बम्पर लक्की ड्र मार्फत ५ भाग्यशाली जोडीले स्वीट्जरल्याण्ड मा ४ रात ५ दिनको टूर प्याकेज जित्ने अवसर पनि पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप