मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

शनिबार, ०७ साउन २०७४, ११ : ५३
शनिबार, ०७ साउन २०७४

फलेवास -पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । 

पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७३÷७४ को बजेटमार्फत रकम उपलब्ध गराएपछि एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरिसकिएको र अब केही दिनमै सञ्चालनमा ल्याउने तयारी भएको सांसद लम्सालले जानकारी दिनुभयो । 

एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएको ठूलीपोखरीलगायत आसपासका साविकका गाविस खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवालगायतका बासिन्दा बढी मात्रामा लाभान्वित हुने भएका छन् । 

प्राथमिक स्वास्थ्य केन्द्रमा सबैखाले उपचार सेवा नहुँदा सिफारिस गरी पठाउनुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए । अब भने गाउँलेले प्रत्यक्षरुपमा सेवा पाउने र सिफारिस गरी पठाउनुपर्ने बिरामीलाई पनि सदरमुकाम कुश्माबजार र पोखरा काठमाडाँै पु¥याउन सहज हुने ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष कुमार सुवेदीले जानकारी दिनुभयो । 

नागरिकका लागि स्वास्थ्य सेवा सबैभन्दा संवेदनशील विषय भएकाले एम्बुलेन्सलगायत अन्य अत्यावश्यकीय सेवा उपलब्ध गराउन आफू निरन्तर क्रियाशील रहेको सांसद लम्सालले बताउनुभयो । 

जिल्लाका सबै वडा तथा गाउँमा सडक सुविधा पुगेको भए पनि नियमित यातायातका सवारीसाधन नचल्दा एम्बुलेन्स सेवाको चर्को आवश्यकता खड्किएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप