शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनका विपन्न सय जनालाई चिनियाँ नागरिकको सहयोग

बिहीबार, २५ असोज २०७५, १७ : ३८
बिहीबार, २५ असोज २०७५

चितवन– चिनियाँ नागरिक चाङ होङ यूले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५, सोसीबजारका एक सय घरधुरीका विपन्नलाई दशैँको अवसर पारेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । बिहिबार सोसीनगरमा आयोजित एक कार्यक्रममा चिनियाँ महिला यू र भरतपुर महानगर प्रमुख रेनु दाहालले सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि महानगर प्रमुख रेणु दाहालले अति विपन्न परिवारलाई दशैँको बेला राहतस्वरूप चामल, नुन, तेल, मसला, साबुन, कम्बल र नगद सहयोग पुर्याउनु भएकोमा चिनियॉ नागरिक चाङ होङ यूलाई धन्यवाद व्यक्त गरिन् । 

कुनै पनि सहयोग सानो र ठूलो नहुने बताउँदै उनले नेपालीहरूको महान पर्व दशैँलाई लक्षित गरेर १ सय घर परिवारलाई पुर्याउनु भएको सहयोगले चीन र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गरे । 

महानगर प्रमुख दाहालले वितरित राहतलाई मितव्ययी ढंगले उपयोग गरी चाडलाई उल्लासमय बनाउनआग्रह गरिन् । उनले भरतपुर महानगरपालिका विकास निर्माण, सुशासन र सामाजिक विकासको क्षेत्रमा तिब्र गतिमा अगाडि बढिरहेकोमा जोड दिँदै यसमा सबैको साथ, सहयोग र खबरदारी जारी रहनुपर्ने बताइन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दशैँ राहत दिनुहुने चिनियाँ महिला चाङ होङ यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार विशिष्ट अतिथि रहेका थिए । 

सहयोगदाता यूले यस भेगका असहाय, गरीब र निम्न वर्गका समुदायलाई सानो सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै सहयोग स्वीकार गरेकोमा सहयोग प्राप्त गर्ने सबैप्रति आफू आभारी भएको बताए । उनले सहयोग पाउनेहरुको दशैँ सुखमय हुने विश्वास गरे  । यो अवसर जुटाइदिएकोमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई धन्यवाद भन्दै  उनले भोलिका दिनहरूमा पनि आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष यमबहादुर परियारले दानवीर चिनियाँ नागरिक चाङ होङ यूप्रति आभार व्यक्त गर्दै सय घरमा बसोबास गर्ने विपन्न परिवारको दशैँ उल्लासमय हुने विश्वास व्यक्त गरे । प्रभात माध्यमिक विद्यालय शुक्रनगरका प्रधानाध्यापक  होमनाथ भण्डारीले  महानगर प्रमुखको विशेष पहलमा यस क्षेत्रका असहायलाई दशैँ राहत प्रदान गर्ने चिनियाँ नागरिक यूलाई विशेष धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप