शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुममा बलात्कार अभियोगमा एक युवक पक्राउ

शुक्रबार, २६ असोज २०७५, ०९ : ०६
शुक्रबार, २६ असोज २०७५

मुसिकोट - रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । 

मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए । 

पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ । निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप