म्याग्दीमा नेकपाको संयन्त्र गठन
बेनी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्लादेखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको जिल्ला संयन्त्रको बिहीबार बसेको बैठकले जिल्लाको छ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरेको नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले जानकारी दिए ।
पार्टीको जिल्ला संयन्त्रमा साविकका दुवै पार्टीबाट पाँच÷पाँच जनालाई राखिएको छ । नेकपाका गण्डकी प्रदेशका सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा बसेको बैठकले संयन्त्र गठन गरेको हो ।
जिल्ला पार्टी संयन्त्रमा साविक एमालेबाट प्रतिनिधिसभाका सांसद थापा, हरिकृष्ण श्रेष्ठ, देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले रहेका छन् भने साविक माओवादी केन्द्रबाट पूर्वसांसद गोविन्द पौडेल, शेरबहादुर केसी, रेशम जुग्जाली, देवराज सुवेदी र टेकबहादुर विश्वकर्मा रहेका छन् ।
जिल्ला पार्टी संयन्त्रको पहिलो बैठकले यही असोज २९ गते विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय गरेको छ । आगामी मङ्सिर ८ गते बृहत कार्यकर्ता भेला गर्ने निर्णयसमेत भएको सांसद थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल