शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो कर्णाली हामी बनाउँछौ : शर्मा

शुक्रबार, २६ असोज २०७५, १० : २७
शुक्रबार, २६ असोज २०७५

सुर्खेत - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । 

प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आउनुभएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। 

“हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, उनले भने, “यसका लागि यहाँस्थित सबैले योगदान पु¥याउनु पर्दछ ।” उनले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताए । योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिए । 

“कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ । कर्मचारीको पुनःसंरचना हुनसकेको छैन”, उनले भने, “सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ ।” कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उनले अब प्रदेश सरकारले आफँैले कर्मचारी भर्ना गर्ने बताए । फरक प्रसङ्गमा उहाँले नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिए । कार्यक्रममा उनले अब पार्टीभित्र कुनै गुट नहुने र यो विधि विधानसँग चल्ने बताए । कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा पूण्य रेग्मी, डा कुशेन्द्र महत र डा गोविन्द वियोगीको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप