शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी गर्नुहोस्‘ बाइकको सुरक्षा

शनिबार, ०७ साउन २०७४, १२ : १७
शनिबार, ०७ साउन २०७४


रमेशराज अधिकारी मोटरसाइकल मेकानिक रमेश मोटरसाइकल वर्कसप, माइतीघर 

तपाईं, हामी सबैसँग आजभोलि बाइक छ । तर, आफ्नो बाइकको सुरक्षामा त्यति ध्यान दिँदैनौँ । मनलाग्दो गरी स्पिड बढाएर यात्रा गर्छौं । सडक नहेरी बाइक कुदाउँछौँ । यसो हुँदा आफ्नो बाइक चाँडै बिग्रन्छ । यात्रा गरिरहेका वेला बाइकले धोका दिन सक्छ । बीचबाटोमा पुगेर बाइक बिग्रियो भने दुःख पाउने तपाईंले नै हो । त्यसो भएकाले आफ्नो बाइकको सुरक्षा कसरी गर्ने निम्न कुरामा ध्यान दिनुहोस् स्

गुणस्तरीय तेल प्रयोग गरौँ
हामीले बाइकमा प्रयोग गर्ने तेलमा कहिल्यै ध्यान दिँदैनौँ । जस्तो पायो त्यस्तै प्रयोग गर्छौं । तर, यसो गर्दा बाइकको इन्जिन चाँडै बिग्रने डर हुन्छ । इन्जिन आयल सधैँ गुणस्तरीय प्रयोग गर्नुपर्छ ।

दुई हजार किलोमिटर हिँडेपछि वा तीन महिनामा सर्भिसिङ गरौँ
बाइक किनिसकेपछि धेरैले वास्ता नराख्ने कुरा सर्भिसिङ हो । सर्भिसिङ समयमा नगर्दा बाइक बिग्रन्छ । १५ सयदेखि २ हजार किलोमिटर गुडेपछि अथवा ३ महिनाको बीचमा अनिवार्य सर्भिसिङ गर्नुहोस् ।

मोटरसाइकल पार्किङ गर्दा छोपेर राखौँ
हामीले आफ्नो यात्रा सकाएपछि जुन जस्तो ठाउँ भए पनि मोटरसाइकललाई त्यत्तिकै छाड्छौँ । तर, यो एकदमै नराम्रो बानी हो । घाम, पानीबाट जोगाउन मोटरसाइकल कभरको प्रयोग गरौँ ।

जुन बाइक चढ्छौँ, उही कम्पनीको मात्र सामान प्रयोग गरौँ
तपाईं, हामी धेरैले ध्यान नदिने अर्को कुरो, जुन बाइक चलाउँछौँ त्यो बाइकको कम्पनीका सामान युज गर्दैनौँ । तर, अनिवार्य रूपमा उही कम्पनीको सामान प्रयोग गर्नुपर्छ । यसो गरियो भने मोटरसाइकल बिग्रने डर हुँदैन ।

बाइकबारे सामान्य ज्ञानको विकास गरौँ
स्पार्क प्लग, पांग्राको हावा कति आवश्यक छ, क्लज, एक्सिलेटर, इन्जिन आयलको लेबल जाँच्न सक्ने हिसाबले आफूमा यसबारे ज्ञान बढाउन जरुरी छ । यो कुरा सकेसम्म राम्रो मेकानिकसँग बुझेर बाइक चलाउन थाल्ने हो भने बाइक बिग्रने डर कम हुन्छ ।
नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप