शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोलबजारमा खसीबोकाको करमा ठेकेदारको मनपरी

शुक्रबार, २६ असोज २०७५, १२ : ३२
शुक्रबार, २६ असोज २०७५

सिरहा–सिरहाको गोलजबर नगरपालिका ६ मा रहेको खसीबाख्रा बजारमा ठेकेदारहरुले मनपरी कर उठाउने गरेको पाइएको छ । गोलबजारमा प्रत्यक शनिवार र मंगलबार लाग्ने बजारमा नगरपालिकाले तोकेको भन्दा ५०देखिसय रुपैयाँसम्म बढी कर असुलेको पाइएको हो । 

नगरपालिकाले एउटा किन्ने र बेच्नेसँग ७५/७५ रुपैयाँ असुल गर्ने गरेको पाइएको हो । त्यस्तै बाख्रा विक्रिको कर एकसय ५० रुपैयाँ कर तोकिएपनि ठेकेदाले दुई सयदेखि दुईसय पचास रुपैयाँ सम्म उठाउने गरेको पाइएको हो । 

बजार क्षेत्र रहेको ६ नम्वर वडाका वडाअध्यक्ष बसन्त लामाले  जथाभावी कर उठाइएको प्रमाण पाए कारवाही गर्ने बताए ।

यता खसीबाख्रा बजारका ठेकेदार कम्पनी ए.डी.डिलिङ्ग एण्ड कन्ट्रक्सनका प्रोपराइटर सन्तोष कुमार रायले ठेक्का नै महंगोमा लिएकाले नगरापालिकाले तोकेको रेटमा आफूहरुलाई घाटा हुने भन्दै ५० रुपैयाँ बढ्ता लिएको स्वीकार गरेका छन् । 

ठेकेदार कम्पनीले आफ्नो कमजोरी छोप्न नगरपालिकाले जारी गरेको विलमा क्रेता र विक्रेतासँग लिने कर रकम नै नखुलाई विल दिने गरेको पाइएको छ । कम्पनीले खसीबाख्रा बजार १२ लाख ६० हजारमा आव २०७५÷०७६ का लागि ठेक्का लिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप