बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बर प्रदेश निर्वाचनको तयारीमा जुट्यो राप्रपा

शनिबार, ०७ साउन २०७४, १२ : ३०
शनिबार, ०७ साउन २०७४

काठमाण्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेश क्षेत्रको विकास र समुन्नतीको निमित्त राप्रपाले कुनै कसर बाँकी नराख्ने वताएको छन् ।


२ नं. प्रदेश निर्वाचन परिचालन समितिको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष थापाले मधेशमा बस्ने जनता राष्ट्रवादी र देशप्रेमी भएको जिकिर गरे । उनले कर्णालीको भन्दा तराई र मधेशमा बस्नेत जनता आर्थिक समृद्धिको सुचकाँकको आधारमा पछाडी रहनु दुःखद भएको वताउँदै यसको अन्त्य जरुरी भएको विचार व्यक्त गरे ।

तराई–मधेशको जनता के चाहन्छन उनिहरुको भावना समेटेर अगाडी बढ्न पनि थापाले नेता कार्यकतालाई सुझाव दिए । निर्वाचनमा उच्च मनोवलका साथ जान र त्यस क्षेत्रको विकासमा जोडिनको निमित्त ढिला नगर्न पनि उनले निर्देशन दिए ।


उपाध्यक्ष बुद्धिमान तामाङ्गको संयोजकत्वमा गठित समितिले आयोजना गरेको बैठकमा पार्टीका उपाध्यक्ष राजीव पराजुली, उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री ध्रुब बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवल शम्शेर राणा, जयन्त चन्द, प्रवक्ता सुशील कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।


बैठकले निर्वाचन परिचाल समितिको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने, आगामी साउन १५ गते समितिको पूर्ण बैठक बर्दिवासमा आयोजना गर्ने र साउन १६, १७ र १८ गते क्रमश सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्ष सहित शिर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला आयोजना गर्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप