ए डिभिजन लिग फुटबल : पहिलो खेल बराबरी
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अङ्क बाँडेका छन् ।
यस खेलसँगै दुवै टोलीले १÷१ अङ्क जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् । लिगको विजेताले रु ५० लाख तथा उपविजेताले रु ३५ लाख प्राप्त गर्नेछन् ।
त्यसैगरी तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टोलीले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल