मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल क्लियरिङ्ग हाउसको  नाफा  १८ करोड १६ लाख, २०% बोनस शेयर समेत वितरण गर्ने

शुक्रबार, २६ असोज २०७५, १६ : ००
शुक्रबार, २६ असोज २०७५

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७४÷७५ मा कम्पनीले खुद नाफा  १८,१६,०८,७०८.९२ गरेको छ ।

आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गर्दै हाउसले आफ्नो नाफा सावैजनिक गरेको हो । बैठकले कम्पनीको आ.व. २०७४/७५ को मुनाफाबाट २०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

साथै कम्पनीको पूर्वाधार विकासमा थप लगानी गर्न सहयोग मिल्ने गरि सोहि आ.व को मुनाफाबाट २०% बोनस शेयर समेत वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रहेकोमा बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २१.६ करोड हुनेछ । 

आ.व. २०७४/७५ मा एनसीएचएल–ईसीसी मार्फत कुल ९६,८६,२७७ चेक राफसाफ भएकोमा दैनिक कारोवार संख्या ४०,७५६ रहेको थियो भने औसत दैनिक राफसाफ रकम २६.६ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ४,०८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको एनसीएचएल–ईसीसी प्रणाली मार्फत राफसाफ हुँदै आएको छ ।

कम्पनीले संचालन गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट आ.व. २०७४/७५ मा कुल कारोबारको संख्या १८,७९,६६३ रहेको थियो जसमा दैनिक कारोवार संख्या ८,००३ रहेको थियो भने औसत दैनिक राफसाफ रकम ३.०३ अर्ब रहेको थियो ।

उक्त प्रणाली मार्फत हाल ७३ बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्यको रुपमा तथा २ अन्य संस्थाहरु अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध छन् ।

यसैगरी कम्पनीले गत बैशाख १२ देखि अनलाईन माध्यम मार्फत सोझै आफ्नो बैंक खाताबाट नेपाल सरकारको राजस्व भुक्तानी, फण्ड ट्रान्सफर, अन्य भुक्तानी गर्न सकिने कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली संचालनमा ल्याएको छ उक्त प्रणालीमा हाल ४४ जना बैंक वित्तीय संस्थाहरु आवद्ध भइसकेका छन् तथा ३१ वटा बैंक वित्तीय संस्था मार्फत कारोबार भईरहेका छन । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा १०% नेपाल राष्ट्र बैंकको, ८०% बैंक तथा वित्तीय संस्थाहरुको र १०% स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.को शेयर स्वामित्व रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप