शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएमको नयाँ शोरुम काठमाडौंको सामाखुशीमा

शुक्रबार, २६ असोज २०७५, १७ : ३९
शुक्रबार, २६ असोज २०७५

यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि. ले नेपाली बजारमा ल्याएको यूएम मोटरसाइकलको ‘ए.पी. अटो ईन्टरप्राईजेज’ लाई आधिकारिक मान्यता प्रदान गरेको छ । 

यूएम मोटरसाइकलले काठमाडौंको सामाखुशीमा आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम ए.पी. अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो । 

उक्त कार्यक्रममा यस आइएमई अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले नयाँ शोरुम को उद्घाटन गरे ।

यसैबीच यूएम बाइकका डिभिजन हेड उज्जवल जोशीले विभिन्न मोटरसाइकलहरुका प्राविधिक विवरण प्रस्तुत गर्दै नयाँ शोरुम सञ्चालनसँगै ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए ।

‘ए.पी. अटो ईन्टरप्राईजेज’ का अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले दसैं र तिहारको अवसर पारेर यूएम बाइक खरिदमा थाइल्यान्ड टुर प्याकेजको पनि अफर ल्याएको अभिव्यक्ति दिए ।

शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजन मान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो । यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध छन् ।

यूएम बाइक विशेष गरी युवाहरुका बिच लोकप्रिय मानिन्छ र आगामी दिनहरुमा अरु मोडलहरुमा पनि विशेष योजना बनाउने कुरामा कम्पनीको भनाई छ । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप