बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किसानको नाममा आएको बोका अध्यक्षले ढकालले लगे

शुक्रबार, २६ असोज २०७५, १९ : ०१
शुक्रबार, २६ असोज २०७५

ओपेन्द्र बस्नेत 
तुलसीपुर– तुलसीपुर उपमहागनरपालिका –९ का वडाध्यक्ष घनश्याम ढकालले किसानको नाममा आएको बोयर बोका आफै लगेको खुलासा भएको छ । ढकालले बोयर बोका आफनै श्रीमती बालिका ढकालको नाममा लगेको तुलसीपुर उपमहागनरपालिका अन्तर्गत रहेको पशुसेवा कार्यालयको अभिलेखमा उल्लेख छ । वडा नं. ९ का  वडाध्यक्ष ढकालले रोजीविनी बोयर बोका लगेको स्रोतले बताएको छ । 

अन्य किसानले भने चिठ्ठा मार्फत लगेका थिए । पशु सेवा कार्यालयका अनुसार अन्य वडामा किसानलाई दिइएको छ । १९ वटा वडा मध्य बोयर बोका लग्ने एक मात्र वडा अध्यक्ष हुन् । 

‘म नौ नम्बर वडाको  अध्यक्ष हुँ मैले पनि गाईबाख्रा पाल्छु मलाई पनि दिनुस भन्दै आउनुभयो ,’ कार्यालय प्रमुख सुदाम भट्टले भने,‘अध्यक्ष आई सके पछि नाई भन्न सकिएन । ’ अध्यक्ष ढका बोयर बोका ल्याउन पटक पटक पशुसेवा कार्यालयमा गएका थिए । 

यता वडाध्यक्ष ढकालले  सुरुमा आफुलाई थाहा नभएको बताए पनि पछि श्रीमतीले  लगेको स्वीकार गरेका थिए । पशुसेवा कार्यालयले अनुदानमा  दिएको सानो र घिनामर्नु भएको अध्यक्ष ढकालले बताए । ‘बोका घरमा आउने बेला म दाङमा थिएन,’ अध्यक्ष ढकालले भने,‘ आउँदा घरमा बोका देखेपछि कहाँबाट ल्याएको हो भन्दा भेट्नरीबाट ल्याँए भनेर भन्थी बुढाीले ।’

प्रजनन व्यवस्थापनका लागि उन्नतजातको नश्लसुधार कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७४÷७५ को बजेटबाट अध्यक्ष ढकालसहित १९ जना किसानले बोयर बोका लगेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप