बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमले पाए नेपालकै पहिलो अन्तर्राष्ट्रिय आयोजकको उपाधि

शुक्रबार, २६ असोज २०७५, २० : ३४
शुक्रबार, २६ असोज २०७५

पशुपतिनगर– जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासङ्घको ८९ औँ फिडे काङ्ग्रेसबाट इलामका विदुर गौतमले अन्तर्राष्ट्रिय आयोजकको उपाधि प्राप्त गरेका छन् । 

नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम सो उपाधिसँगै अन्तराष्ट्रिय आयोजक प्राप्त गर्ने नेपालको पहिलो चेस खेलाडी बनेका छन् ।

उपाधिपछि उनले अन्तरराष्ट्रियस्तरका बुद्धिचाल प्रतियोगिता आयोजना र सञ्चालन गर्न पाउनेछन् । सन् २०११ जुन ४ देखि ७ सम्म युएइको अल–एनमा भएको दोस्रो प्रेसिडेन्ट बोर्ड मिटिङबाट अन्तरराष्ट्रिय आर्बिटरको उपाधि प्राप्त गर्नुभएका उनले सन् २०१८ सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघअन्तर्गत सी लेभलको अन्तरराष्ट्रिय आर्बिटरसमेत बनेका थिए । सेप्टेम्बर २६ देखि ६ अक्टोबरको ८९ औँ फिडे काङ्ग्रेसबाट उहाँ अन्तरराष्ट्रिय आयोजकको उपाधि पाउन सफल भएका हुन् ।

 उनकै पहलमा इलाममा २०७३ जेठ ७ देखि १० गतेसम्म १९ औं राष्ट्रिय बुद्धिचाल र चौथो महिला च्याम्पियनसिप प्रतियोगिता भएको थियो । उनले गत वर्ष असोज ३ गतेदेखि टङ्कमाया गौतम स्मृति चेस प्रतियोगिता आफ्नो गृहनगर देउमाईमा आयोजना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप