शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीकी देउरानी  नगरपालिकाको  न्यायाधीश

शनिबार, ०७ साउन २०७४, १३ : ०१
शनिबार, ०७ साउन २०७४

मोरङ  राष्ट्रपति बिद्यादेवी भण्डारीकी साँहिली देउरानी स्थानीय तहको न्यायाधीश बनेकी छन् । 
राष्ट्रपति भण्डारीकी  देउरानी अर्थात मोरङको उर्लावारी ७ की ५८ बर्षिया लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर उक्त्त नगरकालागि न्यायाधीश बनेकी हुन । 
एमालेबाट उम्मेदबार बनेकी लक्ष्मीले प्रतिस्पर्धी काँग्रेसकी सीता कार्कीलाई ३५९ मतअन्तरले  पराजित गरेकी हुन । लक्ष्मीले ९५३९ र सीताले ९२८० मत पाएका थिए  । 
एमाले नेता स्वर्गीय मदन भण्डारीका साहिलो भाई मोहन भण्डारीकी पत्नी लक्ष्मीले अगामी एक कार्याकाल स्थानिय तहमा हुने झैझगडा र झमेलाहरुमा न्यायाधीश बनेर छिनोफानो गर्नेछिन ।  
स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षलाई  स्थानीय तहको  न्यायिक समितिको संयोजक तोकिएकको छ । न्यायिक संयोजकले आफनो तहमा भएका फैजदारी अपराध बाहेकका धेरै मुद्दाहरु हेर्ने जिम्मेबारी पाएको छ । यसैगरि महिला हिँसा ,बाल न्याय र मानविय बिकासकालागि हुने शसक्त्तिकरणका कार्यक्रमपनि उपले नै संचालन गर्नेछन । 
अवको कार्यालय राष्ट्रपतिकी देउरानी लक्ष्मीले नगरको न्यायाधीश  र बिकास प्रेमी उपप्रमुख बनेर उर्लाबारीबसीलाई न्याय गर्नेछिन कि आफनो पहुँच मात्र बिस्तार गर्नेछिन् त्यो हेर्न उर्लाबासीले पर्खनेछन् । वा उनले न्यायमा पक्षपात गर्छिन् कि निष्पक्षता अपनाउेछिन त्यो लक्ष्मीले आगामी दिनमा गर्ने कार्य सम्पादनले नै  भन्नेछ । 
तर महत्वाकांक्षा नभएकी खरो स्वभावकी लक्ष्मी ईमान्दार नेताका रुपमा चिनिएकी छन् । दुई कार्यकाल एमाले जिल्ला कमिटीको सचिवालय सदस्य रहेकी उनले बिभिन्न जिम्मेवारी सफलता पुर्वक सम्हालिसकेकी छन् । उनी अघिल्लो कार्यकालमा पार्टीको स्वास्थ्य बिभाग हेर्थिन् । यो कार्यकालमा उनी  मोरङको पुर्वी क्षेत्रमा पर्ने  महत्वपुर्ण नगर उर्लाबारीको उपप्रमुख बनेकी छन । 
बाढीको प्रकोप , बाटोघाटाको असुबिधा , स्वच्छ खानेपानीको अभाव , प्राकृतिक स्रोतको संरक्षणमा चुनौती , शिक्षा , स्वास्थ्य र भौतिक बिकासमा कमीसँगै महिला र वालबालिका अनि युवाहरुको शसक्त्तिकरण कम भएको उर्लाबारी नगरपालिकालाई आफनो कार्यकालमा कस्तो बनाएर देखाउने हुन् उनको मुल्यांकन हुने नै छ । ५८ बर्षिय पाको उमेर र खरिएको अनुभव भएकी उपप्रमुख लक्ष्मी लामो समयदेखी पार्टी काममा निरन्तर सक्रृय रहेको र ईमान्दार अनि जुझारु भएकोले उर्लाबारीबासीलाई उनले पुर्ण न्याय गर्नेमा आफुहरु आशाबादी रहेको स्थानिय केदार चौहान बताउँछन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप