सरकारले सोचेअनुसार काम गर्न सकेन : अध्यक्ष प्रचण्ड
भक्तपुर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत रहने बताए ।
उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र धूलोमुक्त बनाउन सोचेअनुरुप नसकिएको भन्दै प्रचण्डले आउने नयाँ वर्षसम्ममा यो समस्या समाधान गर्ने दाबी गरे ।
‘अन्य कुरामा भने हाम्रो नेतृत्वको सरकारले धेरै परिर्वतन गरेको छ, जनताको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र बारम्बार छलफल गर्दै आएको छाैं,’ प्रचण्डले भने ।
नेकपा नेतृत्वको दुई तिहाईको सरकार बनेपछि नेपालमा आर्थिक समृद्धिको ढोका खुलेको बताउँदै प्रचण्डले चीन र भारतसँग विभिन्न सम्झौता भएपछि नेपाल ‘ल्याड लक’बाट ल्याड लिंक देश बनेको दाबी गरे ।
सडक, रेल र जलमार्गको कामलाई वर्तमान सरकारले प्राथमिकता दिएर अगाडी बढिरहेको समेत उनको भनाई थियो ।
दुई पार्टीको एकतालाई मूर्तरुप दिन दशैं पछि प्रदेश र जिल्ला कमिटीहरुको काम तीव्र गतिमा अगाडी बढाइने पनि सो क्रममा प्रचण्डले बताए ।
कार्यक्रमका संयोजक तथा मध्यपुर थिमि नगरप्रमुख मदन सुन्दर श्रेष्ठले कला र संस्कृतिको सम्वद्र्धन गर्दै देश विकाशमा लाग्नु पर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा