शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् सत्यमोहन जोशीको अभिनन्दन

शनिबार, २७ असोज २०७५, १५ : २३
शनिबार, २७ असोज २०७५

काठमाडौँ-संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । 
नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्रण गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आज आयोजित समारोहमा उनलाई अभिनन्दन गरेको हो । 

विसं १९७७ मा वैशाख ३० गते जन्मिएका संस्कृतिविद् जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा छ दर्शनभन्दा बढी सिर्जनात्मक र अनुसन्धानात्मक कृति प्रकाशित छन् । 

काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, कोशकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्धी कमाउनुभएका जोशीका लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित छन् । 

वाङ्मय शताब्दी पुरुष जोशीले सङ्घका अध्यक्ष मदनकुमार शिवाकोटी, महान्यायाधिवक्ता अग्नि खरेल र प्रा डा कुमारप्रसाद कोइरालालाई सम्मान र अभिनन्दनपत्र प्रदान गरे । 

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र महान्यायाधिवक्ता खरेलले एकीकृत उपभोक्ता सङ्घको वार्षिक स्मारिक जमराको २३औँ अङ्कको लोकार्पण गरे ।
 उक्त स्मारिकामा धर्म, साहित्य, वातावरण, विकास, भूगोल, कृषि, चार्डपर्वलगायतका विषयमा विद्धानका लेख रचना समावेश गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप