शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आधार शिविरमा बास बसेका सात पर्वतारोहीको मृत्यु, दुई बेपत्ता

आइतबार, २८ असोज २०७५, ०७ : ५९
आइतबार, २८ असोज २०७५

पश्चिमी नेपालमा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये कम्तीमा सात जनाको मृत्यु भएको छ ।  

पुलिसका अनुसार पाँच दक्षिण कोरियाली पर्वतारोही र चार नेपाली गाइड म्याग्दी धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका थिए । उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको पुलिस प्रवक्ता शैलेश थापाले जानकारी दिए ।

टोलीमा रहेका ९ जनामध्ये सातजनाको शव देखिएपनि दुईजनाको अवस्थाबारे भने पत्ता लाग्न नसकेको बताइएको छ ।

‘हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्छ,’ थापाले भने ।

यद्यपी, सिम्रिक एयरको हेलिकोप्टरबाट शनिबार बिहान गरिएको अनुगमनको क्रममा ट्रेकिङ गाइड लाक्पा शेर्पाले भने आठ जनाको शव देखेको बताएका थिए । शव ल्याउन  बेपत्ताहरुको खोजी गर्न शनिबार आधार शिविर पुगेको हेलिकोप्टरले ल्याण्ड गर्ने कोसिस गरेपनि खराब मौसमका कारण सफल हुन नसकेको थापाले जानकारी दिए ।

घटनास्थलमा देखिएका शवहरु निकाल्न र बेपत्ता रहेका दुईजनाको खोजी गर्न गृह मन्त्रालयको समन्वयमा पुनः आइतबार सिम्रिक एयरको हेलिकोप्टर बोलाइएको जानकारीमा उल्लेख छ ।

यही असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको थियो । त्यसमध्येका एकजना कोरियाली नागरिक आफूलाई असजिलो महसुस भएको भन्दै बीच बाटोबाटौ फर्किएका थिए । अरोज २५ गते बिहानबाट यो टोली सम्पर्कबिहिन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप