शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

आइतबार, २८ असोज २०७५, ०८ : १२
आइतबार, २८ असोज २०७५

कावासोती - पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको एमएच४६बिबि ८२११ नं को भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनालको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप