बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा दशैं बजारले यातायात जाम

आइतबार, २८ असोज २०७५, १० : ५३
आइतबार, २८ असोज २०७५

बुटवल–  दशैं नजिकिएसँगै बुटवलका बजारहरुमा किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । 

बजारमा किनमेल गर्न आउनेहरुले बढि मात्रामा अटो रिक्सा प्रयोग गर्ने गर्ने र जथाभावी पार्किङ गर्दा जाम बढेको हो ।

बुटवलको हाटबजार लाइन, दशैं बजार रहेको बालमन्दिर क्षेत्र जामका कारण केही दिनयता अस्तव्यस्त जस्तै भएको छ ।

राममन्दिर लाइन लगायतका भित्री बजारमा पैदल यात्रा गर्न समेत मुस्किल हुन थालेको सर्वसाधारणले बताएका छन् ।

बुटवलका विभिन्न बजारमा किनमेलका लागि रुपन्देही, अर्घाखाँची, पाल्पा, गुल्मी र बाग्लुङ्ग जिल्लाका मानिसहरु बढि आउने गरेका छन् । 

रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी भन्छन्–‘अव्यवस्थित बजारका कारण आवत जावतमा निकै समस्या आएको छ । बुटवल उद्योग बाणिज्य संघ र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पार्किङ्ग व्यवस्थान नहुँदा यस्तो समस्या आएको हो ।’ 

तर, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल जामबारे आफूहरुले नगरपालिका र ट्राफिक प्रहरीलाई बारम्बार ध्यानाकर्षण गराएपनि समस्या समाधान नभएको बताए ।

रुपन्देही ट्राफिक प्रहरी प्रमुख एसपी गणेश चन्दले जाम हटाउने प्रयास भइरहेको प्रतिकृया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप