एक इन्जिनियर छात्रको बयानः ‘हो, म शुक्रकिट बेच्छु तर यो कुनै अपराध होइन’
फिल्म ‘विक्की डोनर’ मा त एडल्ट तस्बिर राखेको देखेको थिएँ तर यहाँ त एउटा बाथरुम छ जहाँ भित्ता, कमोड, धारा र वासबेसिन मात्रै छन् ।
पहिलो पटक मलाई निकै असहज महसुस भइरहेको थियो । आफ्नो कोठामा हस्तमैथुन गर्नु र बेच्नका लागि गर्नुमा निकै भिन्नता थियो ।
वाशरुममा एउटा प्लास्टिकको कन्टेनरमा मेरो नाम लेखिएको थियो । मैले हस्तमैथुन गरेपछि त्यसलाई वाशरुममा छोडिदिएँ । यसका लागि मलाई चार सय भारु दिइयो ।
मेरो उमेर २२ वर्षको हो र म एक इन्जिनियरिङको छात्र हुँ ।
मेरो उमेरमा प्रेमिकाको चाहना हुनु र कोहीप्रति यौन आकर्षण हुनु साधारण कुरा हो ।
तर यसको अर्थ यो होइन कि जोसँग पनि शारिरिक सम्बन्ध बनाउने छुट छ ।
एक इन्जिनियर कसरी बने पुरुष यौनकर्मी ?
विवाहअघिको सम्बन्धः
म जुन शहरबाट आएको छु त्यहाँ विवाहअघि यौनसम्बन्ध स्थापित गर्नु त्यति सजिलो छैन ।
मलाई लाग्छ कि यहाँका लगभग सबै महिलाको स्थिती पनि यस्तै छ ।
यस्तोमा पुरुषका लागि हस्तमैथुन एक विकल्प हो । तर मलाई के थाहा, जसलाई म हिजोसम्म खेर फाल्थें त्यसलाई कुनै दिनदेखि बेच्न थाल्नेछु ।
मैले एउटा पत्रिकामा स्पर्म डोनेशनबारे रिपोर्ट पढेको थिएँ ।
यसअघि मैले रक्तदानबारे सुनेको त थिएँ तर शुक्रकिट दानबारे पहिलो पटक पढेको थिएँ ।
यसतर्फ मेरो जिज्ञासा थप बढ्यो मैले त्यो रिपोर्टलाई पूरै पढें । रिपोर्ट पढेपछि थाहा पाएँ – हाम्रो देशमा यस्ता लाखौं दम्पत्ति छन् जसको शुक्रकिटको गुणवत्तामा कमीका कारण बच्चा जन्माउन सकिरहेका छैनन् जसका कारण शुक्रकिट दानको दायरा तीब्र रुपमा बढिरहेको छ ।
दिल्लीको जुन इलाकामा म बस्छु, त्यहाँ नजिकै स्पर्म डोनेशन सेन्टर छ भन्ने मलाई थाहा भयो । त्यसकारण मलाई एकपटक त्यहाँ जान मन लाग्यो ।
मेरो रुप महत्वपूर्ण थिएनः
म गोरो छु । उचाई पनि ठिकै छ र बास्केटबल खेल्छु ।
मैले जब स्पर्म सेन्टर गएर आफू यसका लागि तयार भएको बताएँ त्यहाँ बसेका डाक्टरले मलाई हेरेर मुस्कुराए । उनी मेरो पर्सनालिटीसँग प्रभावित भएको पाएँ र डाक्टरको यो प्रतिक्रिया देखेर मलाई असहज महसुस भयो ।
तर यहाँ मेरो रुपको कुरा थिएन ।
म आफ्नो शुक्रकिट बेचिरहेको थियो र यसका लागि मैले म बाहिर हेर्दा जति बलियो छु भित्रबाट पनि त्यति नै तन्दरुस्त छु भनेर पुष्टि गर्नुथियो ।
मैले स्वास्थ्यका विभिन्न परिक्षण गर्नुपर्ने डाक्टरले जानकारी दिए ।
मेरो रगत निकालियो । यसमार्फत एचआइभी, मधुमेह र विभिन्न प्रकारको रोगको परिक्षण गरियो ।
म सबैमा पास भएँ । परिक्षण गरेको तेस्रो दिन मलाई बिहान नौ बजे बोलाइयो ।
कहानी एक महिला पार्लर चलाउने पुरुषको
मेरो शुक्रकिटबाट कोही आमा बन्न सक्छिन्ः
मलाई एउटा फारम भराइयो जसमा गोपनियताको शर्त दिइएको थियो । त्यसपछि मलाई प्लास्टिकको एउटा सानो कन्टेनर दिइयो र वाशरुमको बाटो देखाइयो ।
अब यो सिलसिला सुरु भइसकेको थियो । म आफ्नो नाम लेखिएको कन्टेनर वाशरुममा छोड्थें र पैसा लिएर निस्किन्थें ।
मेरो शुक्रकिटले कोही आमा बन्न सक्छिन् भन्ने कुराले मलाई सान्त्वना दिन्थ्यो ।
शुक्रकिट दान गर्न तीन दिनको अन्तर हुनुपर्ने मलाई बताइयो । अर्थात्, पहिलो दिन दान गरेपछि अर्को पटक कम्तीमा ७२ घण्टापछि मात्र मैले शुक्रकिट दान गर्न सक्थें ।
तर धेरै समयको अन्तर भए शुक्रकिटको मृत्यु पनि हुन्छ ।
आफू ठगिएको जस्तो महसुस भइरहेको थियोः
केही महिनापछि मैले यो कामका लागि पर्याप्त रकम नपाएको जस्तो महसुस भयो ।
‘विक्की डोनर’ फिल्ममा त हिरो यो काममार्फत धनी भइरहेको थियो तर मैले भने एकपटक दान गरेको चार सय भारु मात्र पाइरहेको थिएँ ।
मैले स्पर्म सेन्टर गएर फिल्मको उदाहरण दिँदै आफूलाई कम पैसा दिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरें ।
तर मेरो कद र गोरो छालाको अभिमान त्यतिबेला चकनाचुर भयो जब सेन्टरले मलाई शुक्रकिट बेच्न लालायित भएका अनेकौं मानिसहरुको सबै मेल देखायो ।
अन्त्यमा मैले पनि आफूलाई आयुष्मान खुराना नभएको भन्दै चित्त बुझाएँ । सायद यति कम पैसा हुने भएकाले नै हामीजस्तालाई डोनर भनिन्छ सेलर होइन ।
पैसा कम भएपनि तर मेरो जीवनमा यसको एक सकारात्मक पक्ष पनि छ । अब मलाई लाग्छ कि शुक्रकिटलाई यत्तिकै खेर फाल्नु हुँदैन ।
अर्को कुरा घरमा हरेक दिन हस्तमैथुन गर्ने मेरो बानी छुटेको थियो ।
मलाई यो पनि थाहा छ कि मैले केही गलत काम गरिरहेको छैन तर यसबारे सबैलाई बताउन सक्दिनँ । यसको अर्थ यो कदापी होइन कि म कसैसँग डराउँछु । तर मलाई लाग्दैन कि समाज यसको संवेदनशीलता बुझ्नका लागि त्यति परिपक्व भइसकेको छ ।
मेरो मनमा कुनै अपराध बोध छैन तर मानिसहरुबीच यसलाई बताउनु सुरक्षित पनि छैन ।
यसकारण मलाई यौनकर्मीकोमा जाने लत लाग्यो
प्रेमिकालाई बताउन समस्या छैनः
म यसबारे आफ्नो घरमा पनि कसैलाई बताउन सक्दिनँ किनभने मेरा आमाबुवालाई यसले झट्का दिनेछ । तर साथीहरुबीच यो विषय स्विकार्य नै छ, उनीहरुले यो कुरालाई साधारण मान्छन् र सहज रुपमा स्विकार्छन् । समस्या परिवार र आफन्तबीच छ ।
मलाई आफ्नी प्रेमिकालाई बताउन पनि कुनै समस्या छैन ।
हुन पनि अहिले मेरो कसैसँग पनि सम्बन्ध छैन । पहिला थिइन्, तर मेरी हुनेवाली प्रेमिका पढेलेखेकी हुनेछिन् र मलाई लाग्छ कि उनले यसलाई सही तरिकाले लिनेछिन् ।
मलाई लाग्छ कि श्रीमती धेरै पोजेसिव हुन्छन् र उनीहरु आफ्नो श्रीमानले शुक्रकिट बेचेको सहन सक्दैनन् । म आफ्नी श्रीमतीलाई यो कुरा भन्न चाहन्नँ ।
हुन पनि शुक्रकिट खरिद गर्नेहरुले अविवाहित पुरुषलाई प्राथमिकता दिन्छन् र यसका लागि २५ वर्षसम्मको सीमा तोकिएको हुन्छ ।
एक शुक्रकिट दान भएको नाताले म यसको विभिन्न पाटाबारे जानकार छु । अर्थात्, शुक्रकिटको मूल्य शुक्रकिटको गुणवत्ताले मात्र तय हुँदैन । तपाईंको पारिवारिक पृष्ठभूमी कस्तो छ, आमा–बुवा के गर्छन्, तपाईंको पढाई लेखाईलगायतका विभिन्न कुराले महत्व राख्छ ।
यदि तपाईं अंग्रेजी भाषाको जानकार हुनुहुन्छ भने तपाईंको शुक्रकिटको मूल्य पनि बढ्ने गर्छ । यद्यपी, अंग्रेजी बोल्न जान्ने व्यक्तिको शुक्रकिटबाट जन्मिएको सन्तानमा कस्तो असर पर्छ, त्यसबारे मलाई थाहा छैन तर धेरै मानिसले यस्तै शुक्रकिटको माग गर्छन् ।
मलाई थाहा छ, शुक्रकिट दाताको मेरो पहिचान सधैंभरी रहनेछैन किनभने मसँग जीवनभर शुक्रकिट पनि हुँदैन । मलाई थाहा छ, यो पहिचान मेरी आमाका लागि लज्जाको कारण हुनेछ र कोही महिलाले यसैका कारण मसँग विवाह गर्न पनि अस्विकार गर्न सक्छन् । तर के मेरी आमा र मेरी भावी श्रीमतीलाई यो थाहा छैन होला कि यो उमेरका पुरुषहरु हस्तमैथुन पनि गर्छन् । यदि शुक्रकिट दानलाई लज्जाको रुपमा हेरिन्छ भने हस्तमैथुन पनि लज्जा हो । तर म मान्छु कि दुबैमा कुनै लज्जा छैन ।