बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाराको रानीबासमा ५ वर्षीय बालकको अपहरणपछि हत्या

आइतबार, २८ असोज २०७५, ११ : ४८
आइतबार, २८ असोज २०७५

बारा । बाराको सिम्रौनगढमा एक ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका वडा नम्बर–३ नयका टोल बस्ने धनेश्वर राय यादवका ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो ।

दीपक असोज २४ गते बेलुकीबाट हराएका थिए । दीपकको शव गएराति गाउँ नजिकैको फेला परेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन । 

प्रहरीका अनुसार अपहरणको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन् । 

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए । 

तर, एसपी चौधरीले अनुसन्धान र बयान लिने क्रम जारी रहेकाले के कति फिरौती मागेको हो भन्ने खुलिनसकेको बताइन् । 

बालक दीपक असोज २४ गते नजिकैको रनीवासमा हजुरबुबासँग मेला हेर्न गएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप