शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोग्राफर अफ द इयरः सन् २०१८ को १२ सर्वश्रेष्ठ तस्बिर

आइतबार, २८ असोज २०७५, १२ : १९
आइतबार, २८ असोज २०७५

बीबीसी

रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ ।

यस वर्ष यो उपाधि १७ वर्षका ज्याक ओलिवको पोल्टोमा परेको छ ।

चितुवाको जस्तो छाला भएको छेपारोको तस्बिर, चिसो मौसममा रुखबाट झरिरहेको पात जमिनमा छरिएको पातको कलाकारिता र उडिरहेको चराका तस्बिर निकै सुन्दर छन् ।

यी तस्बिर रोयल सोसाइटी अफ बायोलोजीको सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’, ‘योंग फोटोग्राफर अफ द इयर’ प्रतियोगिताका लागि पठाइएको थियो ।

यसपटक प्रतियोगिताको विषय ‘प्याटर्न इन नेचर’ राखिएको थियो । प्रकृतिले हरेकलाई भिन्न रुप, भिन्न रंग र बनावट दिइएको हुन्छ ।

उक्त प्रतियोगितामा डेवानका १७ वर्षका ओलिवलाई उनको ‘लेपर्ड गेको’ तस्बिरका लागि फोटोग्राफर अफ द इयरमार्फत सम्मान गरियो ।

यसबाहेक बिजेता तस्बिरमा समावेश रोबर्ट ब्यूनोको यो तस्बिरले पनि मानिसहरुको ध्यान आकृष्ट गर्न सफल रह्यो ।

क्यानडाको यूकोन वेलामा भरेको पातमाथि लार्भा हिँडेको निशान कुनै अलंकारजस्तो देखिएको थियो । पहेंलो पातमा लार्भाको निशान कुनै घुमाउरो सडकजस्तो देखिएका थिए ।

ब्यूनोका अनुसार पूरा जंगल यस्ता पहेंलो, रचनात्मक पातले भरिएका थिए । ती देखेर उनलाई अर्कै संसारमा पुगेको भान भएको बताए ।

यो प्रतियोगिताका लागि १२ तस्बिर छानिएका थिए । यसमा १८ वर्षसम्मकाले भाग लिन सक्थे ।

छानिएका अन्य तस्बिरः

ओर्बी भेरिगाटाको यो फूललाई १० वर्षका माइलो हाइलले आफ्नो क्यामरामा कैद गरेका थिए ।

केबेक्का कीनले यो तस्बिर विन्डरमर लेक नजिकै खिचेका थिए । यी तस्बिरमा एक भ्यागुतोलाई आफ्नो अण्डासहित पौडी खेलिरहेको देख्न सकिन्छ ।

इमोगन स्मिथले यो तस्बिर केन्याको लेवा रिजर्भमा लिएका थिए । पानी पिउँदै गरेको जेब्राको यो छायाँले तस्बिरलाई एक कलात्मक रुप दिन्छ ।

गुएलहेम डुवोटले यी तस्बिर स्लोवाकियामा लिएका थिए । उनी भन्छन्, ‘फट्याङ्ग्रोलाई देख्न असम्भव झैं थियो, जब त्यहाँ त्यहाँबाट निस्कियो तबमात्र थाहा भयो कि त्यहाँ पातबाहेक अरु केही पनि थियो ।’

सुनौलो लेउको यस्तो रुप सायद तपाईंले पहिले देख्नुभएको छैन होला । यो लेउ संसारभरीको पोखरी र तालको किनारामा पाइन्छ ।

फाइलम क्लासको एक सेलको माइक्रोस्कोपिक तस्बिर ।

सिएन क्लेटनले ड्र्यागन फ्लाई (झ्वाली) को पखेटाको यो तस्बिर खिचेका हुन् । उनका अनुसार गाइने किराको पखेटा अविश्वसनीय रुपमा जटिल हुन्छ । उनी भन्छन्, ‘जब यसलाई निकै नजिकबाट हेर्छु तब बुझ्छु कि यो संसारको सबैभन्दा राम्रो प्याटर्नमध्येको एक हो ।’

विराजले यो तस्बिर मुम्बईमा खिचेका थिए । चिसो मौसममा यो पंक्षी विभिन्न स्थानमा जम्मा हुन्छन् जहाँ स्थानीयहरु उनीहरुलाई दैनिक जंक फूड खुवाउँछन् ।

क्रिस्टलाइज्ड साइट्रिक एसिडको माइक्रोस्कोपिक रुप । यो तस्बिर हेनरी कोसकिनेनले खिचे ।

परागकण खिचिरहेको किराको यो तस्बिर स्टिव लरीले खिचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप