बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश दाहालको स्मृतिमा सर्वाधिक राशीको राष्ट्रिय फुटबल प्रतियोगिता हुने

आइतबार, २८ असोज २०७५, १४ : १४
आइतबार, २८ असोज २०७५

दोलखा– जिल्लामा नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा स्वर्गिय प्रकाश दाहालको स्मृतिमा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी मंसिर १ गतेदेखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा सो  प्रतियोगिता हुने भएको हो ।

पुर्नसंगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल संघको सह–आयोजनामा हुने सो प्रतियोगिता  सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा हुने आयोजक पक्षले जनाएको छ । 

प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागि हुने र सहभागि टिमलाई खाना र बस्न समेतको व्यवस्था हुने अयोजक संस्थाका कार्यक्रम संयोजक मिनकुमार शिवाकोटीले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

 उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुईवटा टिमले ३०–३० नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई नगद १०–१० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिता आयोजना गर्न करिव ४४ लाख खर्च लाग्ने आयोजकसंस्थाको अनुमान छ ।

प्रतियोगिताको नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने र समापन स्वर्गिय प्रकाशकी श्रीमती एवम् खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गर्ने कार्यक्रम तय भएको संयोजक शिवाकोटीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप