शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमईका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

आइतबार, २८ असोज २०७५, १४ : ५२
आइतबार, २८ असोज २०७५

काठमाडौं । आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालवीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशत सम्म विशेष छुट पाउनेछन् ।

यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने बताइएको छ । यो सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता सम्झौता पत्रमा हस्ताक्षर भएको मितिले एक (१) वर्षसम्मका लागि लागु हुनेछ । आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप