शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् थुप्रैसँग यौनसम्बन्ध स्थापित गर्ने करोडपति बौद्ध भिक्षु

शनिबार, ०७ साउन २०७४, १४ : १४
शनिबार, ०७ साउन २०७४

बीबीसी

थाइल्याण्ड- यो एक अचम्मको छवी हो – सुन्तला रंगको पोशाकमा टाउको खौरिएका बौद्ध भिक्षुको एक समूह एक कार्यकारी जेटमा सवार छन् । उनीहरु एक–आपसमा विलासी सामानहरुको आदानप्रदान गरिरहेका छन् ।

बौद्ध भिक्षुको यो भिडियो सन् २०१३ मा युट्युबमा पोष्ट गरिएको थियो । यो भिडियो अहिले भाइरल भइरहेको छ ।

बौद्ध भिक्षु बन्नुभन्दा पहिले यी व्यक्तिको नाम विरापोल सुकफोल थियो र अब उनलाई यसै नामले चिनिन्छ । थाइल्याण्डको डिपार्टमेन्ट अफ स्पेशल इन्भेस्टिगेशन (डीएसआई) ले बौद्ध भिक्षुको यो विलासितापूर्ण जीवनशैलीको पर्दाफास गरेको छ ।

यी बौद्ध भिक्षुको १० बैंक खातामा कम्तीमा ६ मिलियन डलर पाइएको छ । उनीसँग २८ मर्सिडिज बेन्ज कार छन् । विरापोलले दक्षिणी क्यालिफोर्नियामा एक बंगला पनि बनाएका छन् ।

यसका साथै थाइल्याण्डको उबोन रत्चाथानी शहरमा अर्को एक भव्य बंगला छ । उनले बैंककको रोयल प्यालेसमा बुद्धको एक विशाल मूर्ती पनि बनाएका छन् । यसमा ९ टन सुन सुन लगाइएको उनले दाबी गरेपनि पछि यो दाबी झुटो साबित भएको थियो ।

डीएसआईका अनुसार विरापोलले थुप्रै महिलासँग यौन सम्बन्ध स्थापित गरेको प्रमाण पनि छ । एक महिलाले विरापोलबाट उनको एक सन्तान भएको दाबी गरेकी छिन् । महिलाका अनुसार जब उनी १५ वर्षकी थिइन् तब विरापोलकी बच्चाको आमा बनेकी थिइन् । डीएसआईका अनुसार डीएनए विश्लेषण यो दाबीको पक्षमा छ ।

विरापोल अमेरिका फरार भएका थिए । थाइल्याण्डका अधिकारीलाई उनलाई फिर्ता ल्याउनमा चार वर्ष लाग्यो । विरापोलले उनीमाथि लागेको आपराधिक मुद्दा, बलात्कारजस्ता आरोप अस्विकार गरेका छन् ।

बौद्ध भिक्षुहरुको व्यवहारः

आखिर एक बौद्ध भिक्षु २० वर्षको उमेरमा यति शक्तिशाली कसरी भए ? आखिर उनलाई बौद्ध नियम र अनुशासनको उल्लंघन गर्ने अनुमती कसरी पाए ? यहाँसम्म की बौद्ध भिक्षुका लागि पैसा छुनुसम्म पनि पाप हो भने यौन सम्बन्ध स्थापित गर्न कडा प्रतिबन्ध छ ।

थाइल्याण्डमा बौद्ध भिक्षुको पतनको कहानी कुनै नौलो भने होइन । आधुनिक जीवनको लोभमा बौद्ध भिक्षुले अनुचित धन–बल हाँसिल गरेको थुप्रै उदाहरण छन् । यी बौद्ध भिक्षु लागुऔषध सेवन गर्दछन्, नाच्छन् र महिला, पुरुष,  युवतीसँग यौन सम्बन्ध स्थापित गर्दछन् ।

सन् २००० को दशकको सुरुवातमा विरापोल हाशिएको पूर्वी प्रान्त सिसाकोटबाट आएका थिए । उनले एक मठको स्थापनाका लागि गाउँको जमिन दान दिएका थिए । सब–डिस्ट्रिक्ट प्रमुख इट्टिपोल नोन्थाका अनुसार केही स्थानीय उनको मन्दिर गए र उनलाई दया भाव देखाउँदै विभिन्न दान दिन थाले ।

त्यसपछि विरापोलले ठूलो समारोहको आयोजना सुरु गरिदिए । उनले दानस्वरुप पाएका सामग्री बेच्न थाले र देशका अन्य भागका धनीलाई आकर्षित गर्नका लागि बुद्धको विशाल मूर्ती बनाए । विरापोलका भक्तले उनीबारे विभिन्न भ्रम फैलाउन सुरु गरे ।

विशेषगरी उनको कोमलता, सुन्दर आवाजमा अलौकिक शक्ति भएको प्रचार गर्न थालियो । विरापोलका भक्तले उनी पानीमा हिँड्ने र देवतासँग कुरा गर्ने भन्ने कुराको पनि निकै चर्चा गरे । यी प्रचारबाट विरापोलको लोकप्रियता टाढा–टाढासम्म फैलियो ।

उनले थुप्रै कार उपहार स्वरुप पाए । यहाँसम्म कि आज पनि उनको समर्थकको कुनै कमी छैन । उनका समर्थकका अनुसार उनी मनका निकै राम्रा मानिस हुन् र दानस्वरुप पाएको सम्पत्तिले आनन्दमय जीवन व्यतित गरिरहेका छन् ।

कलंकको लामो कहानीः

बौद्ध व्यवहारमा बढिरहेको विकृतीका कारण अब थाइल्याण्डमा मानिसहरु खुल्ला रुपमा बौद्ध धर्ममाथि संकटको बादल रुमल्लिरहेको बताउन थालेका छन् । केही वर्षयता विधिवत रुपमा बौद्ध भिक्षु बन्नेको संख्यामा लगातार गिरावट आइरहेको छ । गाउँका साना मन्दिरहरुले आर्थिक सहयोग पाउन पनि बन्द गरेको छ ।

थाइल्याण्डको सरकारले अब मन्दिरसँग जोडिएका आवश्यक कानून पास गरेको छ । मन्दिरमा हरेक वर्ष दान स्वरुप पाइने करोडौंको रकम जम्मा गरिनेछ र सबै बित्तिय रेकर्ड सार्वजनिक गरिनेछ । साथै हरेक बौद्ध भिक्षुलाई डिजिटल आइडी कार्ड दिने बारे पनि कुराकानी भइरहेको छ । उक्त डिजिटल कार्डमार्फत बौद्ध भिक्षुमाथि निगरानी राखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप