दि भ्वाइस अफ नेपालमा अभयाको सरप्राइज
काठमाडौं । चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा टिम अभयाले सबै निर्णायक तथा कोचहरुलाई सरप्राइजमा पारिदिएकी छिन् । टिम अभयाबाट दुई प्रतिस्पर्धी जोवन र सुवासबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक भएको भन्दै अन्य निर्णायकहरुले कोच अभयाको निकै प्रशंसा गरेका थिए ।
उनलाई कोच दिपले सबैलाई सरप्राइज दिएको भन्दै उत्कृष्ट ब्याटल गराउन सफल भएको बताए । कोच अभयाको प्रशंसा गर्दै कोच दिपले भने, यो अर्को सरप्राइज अभया सुब्बाको’ । त्यसैगरि कोच प्रमोद र कोच सनुपले पनि उत्कृष्ट ब्याटल प्रतियोगिता देखिएको भन्दै उनीहरुले कसैको पक्ष छनौट गर्न कठिन भएको सुझाव दिएका थिए ।
तर कोच अभयाले आफ्नो सल्लाहकारहरुसँग सल्लाह गरेर प्रतिस्पर्धी जोवनलाई छनौट गरेकी थिईन् । त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा प्रमोदका दुई प्रतिस्पर्धीहरु तेजेन्द्र र वर्ता गन्धर्व बिच पनि ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरे ।
उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक प्रमोदलाई सबै निर्णायकहरुले प्रशंसा गरेका हुन् । ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को शनिवारको ब्याटल राउण्डबाट तेजेन्द्र, नवराज, सन्तोष, राहुल लाइभमा जान सफल भए ।
ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)