शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरी र बीरगंजमा वजाज मास्टर मेक कार्यक्रम २०१८ सम्पन्न

आइतबार, २८ असोज २०७५, १६ : ०१
आइतबार, २८ असोज २०७५

काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले इटहरी र बीरगंजमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।

प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५११ जना प्रतियोगीहरु मध्येबाट क्षेत्रीय चरणका लागि १२१ जना प्रतियोगीहरु छनोट भएका थिए ।

ती मध्ये पूर्वाञ्चल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १६ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट १३ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुको प्रतियोगीतामा धरानका अर्विन एण्ड ब्रदर्स अटोबाट रुपक मण्डलले प्रथम, विराटनगरका एस एण्ड ब्रदर्स स्पेयर सप्लायर्सबाट राम गोपाल चौधरीले द्घितिय र बिर्तामोडका मेची पावरमोवाईल्स ट्रेडबाट सन्त बहादुर बिष्टले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा धनकुटाका प्रधान मोटरसाईकल वर्कसपबाट साजनमान प्रधानले प्रथम, ओखलढुङ्गाका अर्जुन इन्टरप्राइजेजबाट अर्जुन कुमार राईले द्घितिय र गौराहदहका मनकामना मोटर पार्टसबाट नवराज राजवंशीले तृतिय स्थान हासिल गरे र बीरगंजक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १४जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ७ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो ।

जसमा बिक्रेताहरुको प्रतियोगीतामा हेटौडाका न्युहोराइजन अटोबाट सरोज तामाङले प्रथम, जीतपुर कान्यु एसडीएस इन्टरप्राइजेजबाट सुरेन्द्र चौधरीले द्घितिय र नारायणघाटका नारायणी मोटर्सबाट छोटेलाल प्रसाद मालीले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा तारापट्ठीका लक्ष्मी मोटरसाईकल वर्कसपबाट लक्ष्मी नारायण शाहले प्रथम, रामपुरका आर डी ब्रदर्सबाट मिठ्ठु कुमारले द्घितिय र सिन्धुलीका क्षितिज इन्टरप्राइजेजबाट बीरबल महतोले तृतिय स्थान हासिल गरे । 

सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष तथा समाजसेवी अनुरोध थापा तथा स्थानीय यूवा व्यवसायी तथा समाजसेवी बिक्रम बाबु थापाले विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप