शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाले तीन महिनामै निर्माण सम्पन्न गरी बुझायो गजेडी ताल

आइतबार, २८ असोज २०७५, १६ : २१
आइतबार, २८ असोज २०७५

बुटवल– भैरहवामा रहेको नेपाली सेना कालीभक्ति गण ई ब्यारेकले रुपन्देही कञ्चन गाउँपालिकामा रहेको प्रसिद्व गजेडी ताल निर्माण सम्पन्न गरी स्थानीय उपभोक्ताहरुलाई बुझाएको छ । सेनाले आईतबार एक कार्यक्रमका बीच कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, उपाध्यक्ष गोमा तरामुको रोहवरमा समयमाई सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको हो ।

समुहका अध्यक्ष मिनबहादुर थापाले ताल बुझ बुराथ गर्दै सेनाले काम सुरु गरेको तीन महिनामै आकर्षक पार्कसहित ताललाई पर्यटक लोभ्याउने गरी निर्माण गरेकोमा धन्यवाद दिए  ।

उनले राष्ट्रपति चुरे संरक्षण समिति अन्तर्गत करिब दुई करोड परेको र त्यसबाट सेनाले वोटिङ्ग ल्याण्ड, गार्डेन, हाईल्याण्ड, वाचिङ्ग पुल, पिकनिक स्पट  र शौचालय लगायत निर्माण गरेको बताए । उनकाअनुसार एकजना मेजरसहित ७० जनाको संख्यामा सेनाको टोली गत तीन महिनादेखि अस्थाई ब्यारेक खडा गरेरै दैनिक खटिएको थियो ।

उक्त स्थान जनजाती बस्ती रहेको र त्यस सिमसारमा देवीको सदियौंदेखि  पुजा र निकै महिमा गरिँदै आएको बताउँदै थापाले अब बाह्य पर्यटकहरु पनि बढ्ने अपेक्षा राखेका छन् । गाउँपालिका अध्यक्ष क्षेत्रीले पनि नेपाली सेनाको योगदानको खुलेर प्रशंसा गरेका थिए । उनले चुरे संरक्षण समिति अन्तरगत ५ नम्बर प्रदेश सरकारले दुई करोड गत आर्थिक वर्षमा छुट्टयाएको जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप