शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार सुनसान, लगानीकर्ताको उपस्थिति न्युन हुँदा कारोबारमा कमी

आइतबार, २८ असोज २०७५, १६ : २९
आइतबार, २८ असोज २०७५

काठमाडौं– साताको पहिलो दिन सेयर बजारमा १४.१५ अंकको बृद्धि भएपनि कारोबारमा भने उत्साह देखिएको छैन । लगानीकर्तालाई दशैं लागेपछि २६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा १५८ कम्पनी आएका थिए । समग्रमा बजार १.१५ अंकले बढेको हो । आज जलविद्युत र उत्पादन तथा प्रशोधन समुह घटेको छ । जलविद्युत १.३१ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन ९५.७३ अंकले घटेको छ । 

बाँकी रहेका अरु समुहमा भने बृद्धि देखिएको छ । सबैभन्दा बढी निर्जिवन वीमातर्फ ८७.६१ अंकले बढेको छ भने जीवन वीमातर्फ ५७.४९ अंकले बढेको छ । यता होटल समुह ५५.३४ अंकले बढ्दा बैंकिङ समुह १७.३७ अंकले बढेको छ । विकास बैंक १८.१५ अंकले बढेको छ ।

लघुवित्त समुह ११.१४ अंकले बढेको छ भने फाइनान्स समुह ३.२४ अंकले बढेको छ र अन्य समुह ४.२७ अंकले बढेको छ ।  आज सबैभन्दा बढी एनएमबी बैंकको २ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने मेगा बैंकको २ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप