शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो प्रिमियम स्मार्टफोन मध्यकै अग्रणी ‘काउण्टरपोइन्ट’ घोषित

आइतबार, २८ असोज २०७५, १९ : ४७
आइतबार, २८ असोज २०७५

काठमाडौं । बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले ओपोलाई लोवर प्रिमियम सेग्मेन्टमा स्मार्टफोन ब्राण्ड मध्यकै अग्रणी घोषित गरेको छ ।

घरेलु बजार चीनबाट मात्रै ९५% फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्ता मार्फत बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट भएको कम्पनीले बताएको छ ।

काउण्टरपोइन्ट रिपोर्टले हाई एण्ड प्रडक्ट शिपमेन्ट अन्तर्गत सन् २०१८को दोस्रो त्रैमासमा ग्लोबल हाई एण्ड स्मार्टफोन बजार ७%ले बढेको निश्कर्ष निकालेको छ ।

समग्र प्रिमियम स्मार्टफोन बजार मध्य ओपोले १०% हिस्सा ओगटेको छ भने ४०० डलर देखि ६०० मूल्य पर्ने सेग्मेण्टमा २२% बजार हिस्सा सहित ओपो पहिलो स्थानमा छ भने एप्पल, सामसुङ, हुआवे, साओमी लगायतले पछ्याइरहेका छन् । अत्यधिक महत्वपूर्ण चिनिया हाई एण्ड स्मार्टफोन बजारमा भने एप्पल पहिलो स्थानमा र ओपो दोस्रो स्थानमा छ ।

चिनिया स्मार्टफोन निर्माताहरुले यस बर्ष आफ्ना फ्ल्यागशिप मोडलहरु परिस्कृत गरेका छन् भने ओपो ती मध्य सर्वाधिक अग्रपंक्तिमा देखिन्छ । केही समय अगाडी मात्र सार्वजनिक गरिएको फाइन्ड एक्स, सफलतापूर्वक आयोजित प्यारिस लञ्चपछि उपभोक्ताका साथै मिडिया मार्फत समेत अत्यधिक मात्रामा वाहवाही बटुल्न सफल रह्यो ।

मेटालिक कलर्स र ग्लास ग्राडियण्ट मार्फत समग्र उद्योगमै धमाका मच्चाउन सफल कम्पनीको आर सिरिजको पनि यसमा महत्वपूर्ण योगदान रहेको देखिन्छ । 

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपाली उपभोक्ता माझ हाम्रा उत्पादनको लोकप्रियता तथा चाहना बढ्दै गइरहेको छ । हाम्रा सेवा तथा उत्पादनका लागि प्राप्त निरन्तर माया, सहयोग र सद्भावका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ ।’

सन् २०१८मा मात्रपनि ओपोले पानोरोमिक आर्क स्क्रिन, एआई–ईन्ह्यान्स्ड थ्रीडी क्यामेरा, सुपर भोक फ्ल्याश चार्जिङ, टीओएफ र थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि जस्ता नवप्रबर्तनात्मक प्रविधिहरु सार्वजनिक गरिसकेको छ ।

ओपोले एआईका लागि स्टानफोर्ड युनिभर्सिटी संग सहकार्यका लागि सहमति गरिसकेको छ भने आन्तरिकरुपमा भविष्यमा विकसित गरिने ५जी स्मार्टफोनहरुका लागि ५जीको सफल परिक्षण समेत गरिसकेको छ । हालसम्म ओपोले ३० भन्दा बढी देश र क्षेत्रमा प्रवेश गर्दै ४ लाख भन्दा बढी विक्रि केन्द्र सञ्चालनमा ल्याइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप