शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पाका जनप्रतिनिधिका फरक–फरक एजेण्डा

शनिबार, ०७ साउन २०७४, १५ : ००
शनिबार, ०७ साउन २०७४

दुनै-डोल्पामा नव निर्वाचित जनप्रतिनिधिको सडक,शिक्षा र कृषि मुख्य एजेण्डा रहेको पाइएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिले आर्थिक बर्ष ०७४÷०७५ को नीति तथा कार्यक्रममा कृषि र सडकलाइ पहिलो प्राथमिकतामा राखेको पाईएको हो ।


यहाँको ठुलीभेरी नगरपालिका तथा काईके गाँउपालिकाले पनि सडक,बिद्युत,शिक्षा,कृषिलाई मुख्य एजेण्डा बनाएकाछन् ।
काईके गाँउपालिकाको प्रमुख अंगत रानाका अनुसार आफ्नो गाँउपालिकाको पनि सडक,बिद्युत,शिक्षा,स्वास्थ्यलाई मुख्य प्राथामिकतामा राखेको बताए ।
जिल्लामा रहेका सबै बिषयगत कार्यालयहरु अब जिल्लामा रुपमा नरहने र स्थानीय तहमा जाने भएकोले पनि सबै किसिमका सेवाहरु प्रवाह हुने तर जनताले सबै भन्दा छिटो र सहज रुपमा कृषिबाट नै लाभ लिने भएकोले कृषि पहिलो प्राथमिकतामा राखिएको ठुलीभेरि नगरपालिका वडा नँ ३ का वडा अध्यक्ष अर्ण बहादुर न्यौपानेले जानकारी दिए । 


डोल्पामा सडक सञ्जालले नछोएको कारण डोल्पाली भोगीरहेका विभिन्न कठिनाईलाई मध्यनजर राख्दै जनताको लागि सडक नै महत्वपूर्ण भएकोले दुइ बर्ष भित्रमा सडकले सबै गाँउहरुमा जोड्ने गरि लक्ष्य लिएको ठुलिभेरि नगरपालिकाका उप–प्रमूख योगेन्द्र बहादुर शाहीले बताए । 
सुख्खा डाँडा पाखाले घेरिएको नगरपालिकामा सबै वडाहरुमा बृक्षारोपन गर्ने र ५ बर्ष भित्रमा हरियो नगरपालिका बनाउने र समुदाय सहाउदो कृषिको उत्पादनमा जोड दिदै बिभिन्न खालका उद्योगको स्थापना गरि जनताको आर्थिक बृद्धिदर बढाउने लक्ष्य राखिएको त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए । 


गाँउगाउमा महिलाहरुको अबस्था कमजोर भएको र हरेक महिलाले आफना अधिकार सुनिश्चत गर्ने त्यसका साथै स्थानीय तहमा निती निर्माण गर्दा शिक्षालाइ बिषेश जोड हुने उप–प्रमूख चन्द्रा कुमारि बुढाले बताए । जनताको सुहाउदो नीति निमार्ण गर्ने र जनताले हरेक सेवा सहज रुपमा पाएको महसुस गराउने उप प्रमुख बुढाले दाबी गरे । 
डोल्पामा जुम्ला–डोल्पा  सडकले छोएको पहिलो गाँउपालिका जगदुल्ला गाँउपालिका भएकोले अब थप गाँउमा गाँउमा सड्क बिस्तार गर्ने र एक बर्ष भित्रमा सबै गाँउहरुमा सडकले जोडि नमुना गाँउपालिका बनाउने लक्ष्य लिईएको जगदुल्ला गाँउपालिकाका प्रमूख नारासिँह बुढाले बताए । गाँउपालिकाको केही भागमा सडक जोडिसकेको र अन्य बाँकी ठाउँमा अबको एक बर्ष भित्रमा सडक बिस्तार गरिने प्रमुख बुढाको भनाई ।


जगदुल्ला गाँउपालिकामा सञ्चारको सेवा बिस्तार गर्ने पहिलो लक्ष्य राखेकाले यस अनुरुप ४ महिना भित्रमा थ्रीजी इन्टरनेटको सेवा सहितको मोबाईल सेवा उपलब्ध गराउने प्रमुख बुढाको भनाई छ ।
भौगालिक र क्षेत्रफल ठुलो भएको माथिल्लो डोल्पाका गाँउपालिकामा अथाह पर्यटकीय सम्भावना रहेको छ । 
माथिल्लो डोल्पाका तिनवटा गाँउपालिका शे–फोक्सुण्डो गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका र छार्का ताङस्योङ गाँउपालिकामा पर्यटकिय तथा पुरातात्विक सम्पदाको धनी स्थानीय तह भएकाले यहाँ हजारौँ पर्यटकहरु भित्रयार आर्थिक समृद्धी ल्याउने  लक्ष्य रहेकाले यसपालिको बजेटमा पर्यटन क्षेत्रलाई बिशेष जोड दिईएको शे–फोक्सुण्डो गाँउपालिकाका प्रमुख टासिटुण्डुप गूरुङ्गले बताए । 


माथिल्लो डोल्पामा नेपालको सबै भन्दा गहिरो र रङ्ग फेरि रहने शे–फोक्सुण्डो ताल,बिश्व सम्पदा सुचिमा रहेको शे–गुम्बा,१५० मिटर सुलिगाड झरना,बिश्वकै अग्लो उपत्यका धो उपत्यका,बिश्वको अग्लो बस्ति धो तराप बस्ती र बिभिन्न सयौ बर्ष पूराना गुम्बाहरु रहेकोले पनि पर्यटक नै भित्रयाउन कठिन नहुने उप–प्रमूख धावा सुम्डुक गूरुङ्गले बताए । ।विभिन्न देशबाट डोल्पा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि आवाश्यक पर्ने सेवाहरु बिस्तार गर्न पाएमा पर्यटकहरुको सङ्ख्यामा बृद्धिगर्न सकिने उप प्रमुख गूरुङ्गको भनाई छ । 


जिल्लाका सबै गाउपालिकामा स्वास्थ्य सेवा प्रभाकारी नभएकोले तत्काल स्वास्थ्य सेवाहरु थप मजबुत बनाएर जनतालाइ सक्दो स्वास्थ्य सेवा दिने ब्यबस्थागर्नुको साथै  माथिल्लो डोल्पाका जनताले सबैभन्दा धेरै स्वास्थ्य समस्यामा भोग्नु परेकोले स्वास्थ्य सेवालाइ पहिलो प्राथमिकतामा राखेको छार्का ताङस्योङ गाँउपालिकाका प्रमूख सेनाङ्ग गुरुङ्गले बताए । 


सरकारको बजेटमा मात्र भर नपरेर आन्तरिक स्रोतले पनि स्थानीय तहको बिकास गर्नमा सहयोग पुग्ने भएकोले आन्तकिर स्रोतमा ब्यबस्थावनमा बिषेश जोडि दिने मुड्केचुला गाँउपालिकाका प्रमूख दत्त बहादुर शाहीले बताए । जडिबुटिको भण्डार डोल्पामा जडिबुटिबाट नै समृद्धी सम्भव भएकाले जडिबुटि संरक्षण,उत्पादन तथा दिगो ब्यबस्थापनमा जोड दिदै निर्यातमा कडाइ गरेर आन्तरिक स्रोत बढाउने प्रमुख शाहीले भने । 


राज्य पुनःसंरचना पछि डोल्पा ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वटा स्थानीय तहमा बिभाजित भएको छ । 
फरक–फरक गाँउपालिका र नगरपालिकामा आ–आफ्नै भौगोलिक कठिनाइ भएकाले निर्वाचित जनप्रतिनीधिले थोरै योजना बनाएर नमुनाकाम गर्ने सबै स्थानीय तहका जनप्रतिनीधिहरुले सामुहिक प्रतिबद्धता गरे । 
दुइ दशक पछि जनप्रतिनीधि चयन भएको र जनताले पहिलो पटक जनताले नै चुनेका जनप्रतिनीधिबाट बिकास र आफुले पाउने सेवाहरु सज रुपमा पाउने ठुलो आसा डोल्पाली जनताको अपेक्षा छ ।


स्थानीय तहमा पहिलो पटक निर्वाचित जनप्रतिनीधिलाई स्थानीय स्तरमा काम गर्न चुनौति भएको र त्यस्ता चुनौतिलाइ पार गरेर काम गर्दै गएमा जनताले ढुक्कसँग आगामि ५ बर्षमा पनि निर्वाचित गर्ने र जनताले सँघियतामा पाउने सेवाको महसुस गर्ने नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप