मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सेफको खुलासाः २५ वर्षअघि भएको थियो उत्पीडन, घटना सम्झिँदा अहिले पनि रिस उठ्छ

सोमबार, २९ असोज २०७५, १० : ४०
सोमबार, २९ असोज २०७५

बलिउडमा मि टू अभियानमार्फत विभिन्न कलाकारले आफूमाथि भएको ज्यादतीबारे दिनदिनै नयाँ खुलासा गरिरहेका छन् । यसमा नायक सेफ अली खानले आफूमाथि भएको २५ वर्ष पुरानो उत्पीडनको खुलासा गरेका छन् । यद्यपी, उनको यो उत्पीडन यौनजन्य भने थिएन ।

उनले भने, ‘आफ्नो करियरमा मैले पनि उत्पीडनको सामना गरेको छु तर त्यो सेक्सुअल भने थिएन । म २५ वर्ष अघि उत्पीडनमा परेको थिएँ । यसबारे सोच्दा मलाई अहिले पनि रिस उठ्छ । धेरै मानिसले दोस्रो व्यक्तिलाई बुझ्दै बुझ्दैनन् । अरुको दुःख बुझ्न निकै गाह्रो छ । म यसबारे कुरा गर्न चाहन्नँ किनभने आज यसको केही आवश्यकता छैन । आज हामीले महिलालाई ध्यानमा राख्न आवश्यक छ ।’

कुनै जति पुरानो मामला किन नहोस् दोषीले सजायँ पाउनैपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘मानिसहरु अपमानित छन् र उनीहरु न्यायको प्रतिक्षामा छन् । जे भइरहेको छ, त्यो सही होइन । जसले महिलाको यौन उत्पीडन गरेका छन् उनीहरुले यसको सजायँ पाउनैपर्छ ।’

साजिदमा लागेको आरोपमा सैफले के भने ?

सैफले साजिद खानमाथि लागेको गम्भीर आरोपमाथि पनि प्रतिक्रिया दिएका छन् । सेफले साजिदको फिल्म हमशकल्समा काम गरेका थिए । फिल्मका मुख्य नाष्किा बिपाशा बसु र ईशा गुप्ताले साजिद खानको गलत व्यवहारमाथि बयान दिएका छन् । यसमा सैफले भने, ‘मलाई साँच्चै नै थाहा थिएन कि यस्तो केही भएको थियो । यदि मेरो अगाडि यस्तो भएको भए म त्यो वातावरणमा काम गर्न सक्दैनथें । म आफ्नो अगाडि यस्तो भएको हेर्न सक्दिनँ । जहाँ महिलाको अपमान हुन्छ, त्यस्तो माहौल मलाई कुनै पनि हालतमा स्विकार्य छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप