शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ बाट सर्बसाधारणका लागि खुला

सोमबार, २९ असोज २०७५, १० : ५०
सोमबार, २९ असोज २०७५

काठमाडौं–माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ ।

 दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।

 प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि  १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो जसको लागि साउन १६ देखि भदौ २१ गतेसम्म  आवेदन भर्ने समय  थियो ।  

यसको बाँडफाँट पश्चात सर्वसाधारणका लागि  दोस्रो चरणको सेयर कात्तिक १५ गतेबाट निष्काशन गर्न लागिएको बिक्रि प्रबन्धकले जनाएको छ । यसको बिक्रि प्रबन्धकको काम नागरीक लगानीकोष र सनराइज क्यापिटलले गर्नेछ । 

न्यूनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन सि—आस्वा प्राप्त बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । पर्याप्त आवेदन परेको अवस्थामा कात्तिक १९ गते आवेदन फारम बुझाउने अन्तिम दिन हुनेछ । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप गरिनेछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप