बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जीप दुर्घटना : दाजुभाइको मृत्यु

सोमबार, २९ असोज २०७५, ११ : ०९
सोमबार, २९ असोज २०७५

बुटवल–गुल्मीको विशुखर्कमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

बाग्लुङ्गको हटियाबाट शान्तिपुरतर्फ आउँदै गरेको लु १ ज २१८९ नम्वरको जीप विशुखर्कमा दुर्घटना हुँदा जीपधनी चन्द्रकोट गाउँपालिका–२ का ३५ वर्षीय लालबहादुर गुरुङ्ग र ५२ बर्षीय चालक भरत गुरुङ्गको ज्यान गएको हो ।

 जीप गएराती सातआठ बजे नै दुर्घटना भएको भएपनि आज विहान मात्र स्थानीयले देखेर खबर गरेको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए । 

प्रत्यक्षदर्सीका अनुसार जिप दुई सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले घटनाको पुष्टि गर्दै दुई  जना भन्दा बढि जिपमा सवार नरहेको बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप